कांग्रेसको प्रश्न : भारत भ्रमणबाट फर्केको पाँच दिन भइसक्दा समेत प्रधानमन्त्रीले किन संसद‍्लाई जानकारी दिनुहुन्न ?

कांग्रेसको प्रश्न : भारत भ्रमणबाट फर्केको पाँच दिन भइसक्दा समेत प्रधानमन्त्रीले किन संसद‍्लाई जानकारी दिनुहुन्न ?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदन अनविज्ञ भएको भन्दै आपत्ती जनाएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेस समय माग गरेर बोलेका  कांग्रेस सांसद रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्याण्ड भ्रमणबारे संसदमा जानकारी नराएकोमा आक्रोश व्यक्त गरे।

नेता लेखकले  राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणमा संसदमा तत्काल जानकारी गराउन समेत माग गरे।

'प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ज्यू भारत भ्रमणमा जानुभयो। भारतको लोकसभाको राम्रोसँग सम्पन्न भएको निर्वाचन सम्मान व्यक्त गर्न र मोदीजीलाई शुभकामना दिन जानुभयो। उहाँले राम्रो काम गर्नुभयो। यसका लागि कांग्रेस हार्किद धन्यवाद दिन चाहन्छ। यो सबै कुरा गर्दा प्रधानमन्त्रीज्यूले संघीय संसदलाई बिर्सनु भयो।  हाम्रो परम्परा छ। संसदीय अध्यास छ। देशको कार्यकारी प्रमुख  प्रधानमन्त्री कुनै पनि मित्र राष्ट्रको भ्रमणमा जाँदा भ्रमणमा जानुभन्दा अघि उहाँको कार्यक्रमबारे जानकारी गराउने वाध्यात्मक रुपमा स्थापित भएको अभ्यास छ। आजभन्दा १ हप्ता पहिला जानु भएको हो। फर्फेर आउनु भएको पाँच दिन भइसक्यो। कांग्रेस धैर्यतापूर्वक कुरेर बसेका छ। प्रधानमन्त्री संसदमा उभिएर भारत भ्रमणका बारेमा जानकारी दिनुहोला भनेर । तर,उहाँ पाँच दिनसम्म यहाँ आउनसक्नु भएन।'

कांग्रेस प्रमुख सचेतक लेखकले राष्ट्रपति रामचन्द्रको विदेश भ्रमणबारे पनि संसद अनविज्ञ भएको बताए।  उनले भने,'आजभन्दा केहीदिन पहिला राष्ट्रपति रामचन्द्र पौडेल मुलुक बाहिर जानुभयो। मलाई अचम्म लागेको छ, कार्यकारी प्रमुख प्रधानमन्त्री बाहिर जानुहुन्छ,राष्ट्रपति बाहिर जानु भएको । उहाँहरू मुलुक बाहिर गएको कुरा अखबर पढेर थाहा पाउनु परेको छ। म सरकारलाई स्मरण  गराउन चाहन्छु। सरकारका कारणले संसदको न्यूनतम गरिमा र मर्यादा कायम हुन सकेको छैन। यसप्रति खेद प्रकट गर्न चाहन्छौं। '

उनले वर्तमान सरकारले संसदीय गरिमा र मर्यादा जोगाउन नसकेको भन्दै सरकारको कामप्रति खेद प्रकट गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.