बिजुली चम्किदा ढलेका वृद्धको मृत्यु

बिजुली चम्किदा ढलेका वृद्धको मृत्यु
सांकेतिक तस्बिर।

विराटनगर : विराटनगरमा अविरल वर्षासँगै चट्याङ पर्ने क्रममा बिजुली चम्किदा ढलेका वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१७ मटेरुवाका ७० वर्षीय हबी बुल्ला मियाँको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मस्जिदबाट नमाज पढेर फर्कदै गरेका मियाँ बिजुली चम्किदा बेहोस भएर बिहान ६ बजेतिर ढलेका थिए । आफन्तले उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । 

उनका अनुसार शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा लगिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जानकारी बस्नेतले दिए ।  त्यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–१० सयपत्री टोलमा बिहान ४ :३० बजेतिर परेको चट्याङले क्षति पुर्‍याएको छ ।

चट्याङ परेर आगलागी हुँदा स्थानीय यमनाथ बरालको परालको कुन्यू जलेर ध्वस्त भएको छ ।  १ बिघा जमिनको परालको कुन्यू जल्दा २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, स्थानीय र दमकलको सहयोगमा ५ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो । 

चट्याङले सुन्दरहरैँचा–१० कै हिक्मत राउतको घरमा रहेको एउटा टिभी र वाइरिङ गरेको तारको बोर्डमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । घटनामा २० हजार बराबरको क्षति भएको अनुमान छ ।  यसैबीच,चट्याङले धनपालथान गाउँपालिका–३ बेतौनाका मानबहादुर राजवंशीको गाई र बाच्छी मारेको छ । 

मसलाको रुखमा बाँधिएका गाई र बाच्छीलाई बिहान ७ बजेतिर परेको चट्याङले मारेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.