गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको उपचारका क्रममा निधन

गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको उपचारका क्रममा निधन

सिमराः अज्ञात समूहको गोली प्रहारबाट शुक्रबार साँझ गम्भीर घाइते भएका बारा कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको उपचारका क्रममा निधन भएको छ। कुशवाहको बयोधा अस्पतालमा केहीबेर अघि निधन भएको हो।

अस्पतालले कुशवाहाको मृत्यु भएको पुष्टि गरेको छ। आदर्श कोतवाल गाउँपालिका-३ बतरा टोलमा साँझ ६ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गर्दा कुशवाहा गम्भीर घाइते भएका थिए। उनको कोखामा गोली लागेको थियो।

मोटरसाइकलमा सवार कुशवाहालाई मोटरसाइकलमै आएका व्यक्तिले गोली प्रहार गरी फरार भएका बुझिएको छ। बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको भन्ने जानकारी प्राप्त भएको बताए।

घटनाका विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.