काठमाडौं : आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले दोस्रो विकेट लिएका हुन्।
११.२ ओभरमा भुर्तेलले एडेन मार्करामलाई आउट गराएका हुन्।
यस अगाडि ३.४ ओभरमा दिपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाका क्विन्टन डे कक आउटगराएका थिए। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन। हाल दक्षिण अफ्रिका २ विकेटको क्षतिमा ६८ रन बनाएर खेलिरहेको छ।
नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ । नेपालले आज एक खेलाडी परिवर्तन गरेको छ। स्पिनर सन्दीप लामिछाने नेपालको प्लेइङ-११ मा हुँदा सागर ढकाल बेन्चमा छन् ।
नेपाली टोली :
कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहोरा