टी-२० विश्वकप क्रिकेट : नेपालको सुपर-८ को यात्रा समाप्त

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल पराजित भएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा शनिबार बिहान भएको खेलमा दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित गरेको हो। 

टस हारेर दक्षिण अफ्रिकाले नेपाललाई जितका लागि ११६ रनको लक्ष्य दिएको थियो। जवाफि ब्याटिङमा उत्रिएको नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले ४९ बलमा १ छक्का र ४ चौका प्रहार गरे।null

यसैगरी अनिल शाहले २४ बलमा २७ रनको योगदान गरे। शाहले १ छक्का र ३ चौका प्रहार गरे।  कुशल भुर्तेलले २१ बलमा १ छक्का र १ चौकासहित १३ रन बनाए। त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ६ रन, कुशल मल्लले १ रनको योगदान गरे। सोमपाल कामीले ८ रन र गुलशान झाले ६ रन बनाए। कप्तान रोहित पौडेल शून्य रनमा आउट भए।

नेपाललाई जितका लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो। पहिलो र दोस्रो बलमा डट पाएको नेपालले तेस्रो बलमा गुल्शन झाले चौका हान्दै जित नजिक पुर्‍याएका थिए। चौंथो बलमा थप दुई रन जोडेपछि अन्तिम दुई बलमा नेपाललाई दुई रन मात्र आवश्यक थियो। पाँचौ बलमा झालाई ओटनिल बार्टमानले डट राखे। अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए। नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रनमा बनाउन सक्यो।

दक्षिण अफ्रिकाका लागि तबरेज शम्सी सर्वाधिक ४ विकेट,एडेन मार्कराम र अनरिच नोर्जेले १/१ विकेट लिए।null

नेपालका कप्तान पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। नेपालविरुद्ध टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

यस अगाडि दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्स सर्वाधिक ४३ रन बनाए। त्यसैगरी ट्रिस्टन स्टब्स २७ रन, एडेन मार्करामले १५ रन, क्विन्टन डे ककले १० रन, डेभिड मिलरले ७ रन, हेनरिक क्लासेनले ३ रन, मार्को जेन्सेनले १ रनको योगदान गरे। कागिसो रबाडा शून्य रनमा आउट भए।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। दक्षिण अफ्रिकासामु नेपालका स्पिनरहरुले कसिलो बलिङ गरेका थिए।null

दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ। यो हारसँगै नेपालको सुपर-८ यात्रा समाप्त भएको छ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालले श्रीलंकासँग बर्षाका कारण खेल्नै पाएन। 

नेपाली टोली : 

कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.