बेहुली जस्तै मेरो देश

बेहुली जस्तै मेरो देश
सांकेतिक तस्बिर।

हिउँकाल ताल सफा हिमाल लहरा बुट्टा भरिए सरी

लाली चट्ट लगाई पर्वतहरू पाखा र डाँडा, भीरभरि 
कर्णाली कलकल काली सलसल सेती र भेरी पनि
मेरो देश सधैं चटक्क छ कति, हेर्दा नि बेहुली सरी।

झण्डा यो अविरल फरर यसको रूपै कति दिव्य छ 
रातो रक्तिम वर्ण सूर्य सरिको चन्द्र सरि यो सभ्य छ 
बनमा फुल्दछ फूल लाली धस्ने मनमोहकै छ अति
तनमा छातीभरि सदैव रहने मेरो प्रिय झैं देश कति।

सँगाली मनमा सुवास यसको समृद्धशाली भूमि
यस्को रूप सजाउँ हरपल सबै नेपाली हामी मिली 
सिञ्जाका तटको सभ्यता पहिचान विश्वभरि नै गरी
सर्वाेच्च शिखरै चिनाउँ पहिला पर्यटकहरू बोलाई।

पानी, खानी र रत्न छन् धर्तीमा तिनको पहिचान गरौं
समृद्धि देशको कृषि उपजमा छ भन्ने कुरा यति बुझौं
औद्योगिक क्रान्ति गरेर देशको स्वरूप नै फेर्न सकौं
यो रत्नसरिको अमूल्य निधिको जतन र सम्मान गरौं।

शोभा दिव्य छ है यो जन्मभूमिको माटो मलिलो अति
आभा भव्य कति छ चन्द्रसरिको घाम झैं झरिलो अनि
वेदैका ध्वनि छर्दछन् पशुपति ऋचा बजाई टलपल
मेरो माइती घर नेपाल भूमिको होस् मंगलै मंगल।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.