तालढुंगा प्रदेशकै नमुना सहर बन्दै

तालढुंगा प्रदेशकै नमुना सहर बन्दै

काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगालाई प्रदेशभित्रको नमुना उदीयमान सहरका रूपमा विकास गर्न काम सुरु गरिएको छ। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगालाई उदीयमान नमुना सहरका रूपमा विकास गर्न बजेट बिनियोजन गरको हो। उक्त बिनियोजित बजेटमा हाल धमाधम काम भइरहेको छ। 

जिल्लाको भौगोलिक तथा विकासको हिसाबले पछि परेको विकट डाँडाँपारीको गाउँपालिकाका रूपमा रहेको खानीखोला गाउँपालिकालाई प्रदेश सरकारले उदीयमान नमुना सहर बनाउने योजना अनुसार काम सुरु भएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले जानकारी दिए। 

प्रदेश सरकारले खानीखोलाको केन्द्र तालढुंगालाई उदीयमान नमुना सहर बनाउन सहरी विकास तथा भवन कार्यालयमार्फत काम सुरु भएको अध्यक्ष थिङले भने। उक्त योजनाका लागि दुई करोड रूपैयाँ बजेट छुट्याइएको छ। 

तालढुंगा नमुना सहर निर्माण भएसँगै खानीखोला, महाभारत र सिन्धुलीको हरिहरपुर गाउँपालिकाकोसमेत बजार हुने अध्यक्ष थिङले बताए। तालढुंगामा सडक, ढल, बस्ती विकास, पार्कहरू निर्माणलगायतका काम गरेर बनेपा, धुलिखेल, हेटौंडामा उपलब्ध हुने सेवा दिन सकेको खण्डमा पर्यटकको विकास हुने उनले बताए। 

निर्माणको सबै काम भएपछि तालढुंगा प्रदेशभित्रको सानो, सुन्दर, आकर्षक सहर बन्ने बागमती प्रदेश सरकारको भौतिक योजना मन्त्री युवराज दुलालले जानकारी दिए। प्रदेश सरकारले प्रदेश भित्रको एक सहरलाई उदीयमान सहरका रूपमा विकास गर्न पहिलोपटक काभ्रेको खानिखोला गाउँपालिकाको केन्द्र तालढुंगालाई छनोट गरिएको मन्त्री दुलालले बताए। उनले भने, ‘पछिल्लो समय विकासमा तीव्रता लिने क्रममा रहेका दुई पालिका महाभारत र खानिखोलाको केन्द्रका रूपमा हेरिने पुरानो बजार तालढुंगालाई उदीयमान नमूना सहरका रूपमा विकास गरे त्यहाँँको कृषि, पशुपालनलगायत क्षेत्रले फड्को मार्नेछ।’ 

सहरी विकास तथा भवन कार्यालय प्रमुख सन्तोषकुमार निरौलाले प्रदेश सरकारले खानीखोलाको केन्द्र तालढुंगा बजारलाई नमुना उदीयमान सहरका रूपमा विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षको बजेटमा काम भएको बताए। ‘प्रदेश सरकारले गाउँपालिकाबाट अन्य स्थानमा हुने बसाईसराई रोक्न तथा गाउँपालिकाभित्रको नजिकको बजारका रूपमा विकास गर्ने लक्ष्यका साथ नमुना उदीयमान सहरको अवधारणा अघि सारेर काम गर्न लागेको हो’, निरौलाले भने। काभ्रे र मकवानपुर जिल्लालाई सडक मार्गमा जोड्न बागमती नदीमा पुल निर्माणको काम भइरहेको उनले बताए। ‘पुल सम्पन्न भएपछि तालढुंगाबाट प्रदेश राजधानी हेटौंडा जान सहज हुन्छ’, उनले भने। गत वर्ष गाउँपालिकाको केन्द्र रहने स्थानको विकासका लागि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार गरेर प्रदेश सरकारलाई बजेट माग गरिएको थियो।

गाउँपालिकाकाले तयार गरेको डीपीआरका विषयमा जनप्रतिनिधि, सहरी विकास योजनाविद् तथा स्थानीय नागरिकसँग छलफल गरी उक्त डीपीआर अनुसार काम हुँदैछ। 

तालढुंगालाई नमुना उदीयमान सहरका रूपमा विकास गर्न विभिन्न सहरी योजनाविद्हरूसँग के कस्तो काम गर्ने भन्ने विषयमा सल्लाह, सुझाव तथा छलफल भएपछि काम सुरु भएको सहरी विकास कार्यालयले जनाएको छ। नमुना उदीयमान सहरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बहुवर्षीय आयोजनाका रूपमा बागमती सरकारले समावेश गरेको छ। तालढुंगालाई नमुना उदीयमान सहरका रूपमा विकास गर्न अहिले ल्याण्ड पुलिङ (जग्गा विकास¬¬), सहर छिर्ने सडक, ढल, बस्ती विकास र पार्कहरूमा काम भइरहेका छन्। 

तालढुंगा बजार खानीखोला, महाभारत, सिन्धुलीको हरिहरपुर गाउँपालिकाको केही वडाहरूको प्रमुख व्यापारीक केन्द्रका रूपमा रहेको छ। प्रदेश सरकारले प्रदेशभित्रको नमुना कार्यक्रमका रूपमा नमुना उदीयमान सहरको अवधारणा यो वर्षअघि सारेको हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.