उन्नत गाईपालकलाई ५० प्रतिशत अनुदान

उन्नत गाईपालकलाई ५० प्रतिशत अनुदान

स्याङ्जा : दूध तथा दुधजन्य पदार्थमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित वालिङ नगरपालिकाले उन्नत (जर्सी/होलस्टन) गाई पाल्ने किसानलाई ५० प्रतिशत अनुदानको सुविधा उपलब्ध गराएको छ। 

नगरपालिकाका मापदण्ड पूरा गरेका सामूहिक तथा फर्मलाई ५० प्रतिशत अनुदान दिएको हो। पालिकाले प्रति एक गाईको ५० हजार रुपैयाँ अनुदान दिएको हो।

दैनिक १५ लिटर दूध दिने होलिस्टन तथा जर्सी जातका गाई खरिद गर्ने किसानलाई सो सुविधा पाएका छन्।

नगरप्रमुख कृष्ण खाँणले ३ समूहका ३० वटा गाई खरिदका लागी १५ लाख रुपैयाँको चेक प्रदान गरेका छन्। वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता अभियान सुरु गरेको उनले बताए। 

किसानको परिश्रमको सम्मान सहित उत्पादनलाई उद्यमशीलता जोड्न सकेमात्र नगरको विकासले गति लिने प्रमुख खाँणको भनाइ छ। वालिङ-१३ स्थित मिलन दुग्ध उत्पादन सहकारी लिमिटेड, वालिङ-८ स्थित अकला नमुना साना किसान कृषि सहकारी लिमिटेड र वालिङ- १ स्थित उन्नत गाईपालन समूहलाई सो सुविधा पाएका हुन्।

मिलन सहकारीले १० वटा, अकलाले ५ वटा र उन्नतले १५ वटा गाई खरिद गर्ने जनाएका छन्। यहाँ १२ जना किसानले ती गाई पालन गरेका हुन्। पालिकाले तोकेका मापदण्डका आधारमा सार्वजनिक सूचना जारी भएपछि आएका किसानका निवेदनलाई पालिकाका टोलीले अनुगमन तथा मूल्यांकनपछि सो रकम उपलब्ध गराइने उपप्रमुख कविता तिवारीले बताइन्।   

यसवर्ष ७२ वटा गाईको अनुदान रकम उपलब्ध गराइने भएको उपप्रमुख तिवारीले जानकारी दिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.