चौतारामा ३ करोड बढी अनियमितता

चौतारामा ३ करोड बढी अनियमितता

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले १ वर्षमा ३ करोड २८ लाख ३४ हजार २ सय १७ रुपैंया अनियमितता गरेको खुलेको छ।

आर्थिक वर्ष २०७९/८० भित्रको १ वर्षको अवधिमा नगरपालिकाले सो रकम अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। नगरपालिकाको कुल आम्दानी बजेटको २.२१ प्रतिशत अनियमितता भएको महालेखा परीक्षकको तथ्याङ्कले देखाएको छ। आव २०७९/८० मा नगरपालिकाको कुल बजेट १ अर्ब ४८ करोड ३९ लाख २६ हजार ६ सय १६ रहेको थियो।

महालेखा परीक्षकको कार्यालय अनुसार नगरपालिकाले बागमती प्रदेशको स्थानीय सेवा ऐन २०७९ को दफा १६ विपरीत ३० जना करार कर्मचारी भर्ती गरी १ करोड ३६ लाख ९७ हजार ४ सय १० रुपैंया अनियमितता गरेको हो। त्यस्तै नगरपालिकाले ब्यकहो लोडर खरिदको लागि विनियोजन गरेको बजेटबाट भत्ता, जेसिबी सर्भिसिङजस्ता कार्यमा खर्च गरी १७ लाख १९ हजार ७ सय ९३ रुपैंया अनियमितता गरेको छ। 

पालिका कर्मचारी अवकास कोषमा नियम विपरीत २५ लाख जम्मा गरेको, पालिका पदाधिकारी बैठक भत्तावापत १ लाख ४ हजार ४ सय १० रुपैंया बढी भुक्तानी गरेको, औषधी खरिद गर्दा नियमविपरीत ४२ लाख ८९ हजार ८ सय ५० रुपैंया अनियमितता गरेको, तथ्याङ्क बेगर जेसिबी इन्धनको नाममा १३ लाख १ सय २६ रुपैंया खर्च गरी बजेटको अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

त्यस्तै सार्वजनिक खरिद नियमावली विपरीत उपभोक्ता समितिलाई १२ लाख ८२ हजार ५ सय भुक्तानी दिइएको, क्षेत्राधिकार भन्दा बाहिर १० लाह ६१ हजार ९ सय ९९ रुपैंया विनियोजन गरेको, नवप्रवर्तन कार्यक्रमको नाममा नियम विपरीत २३ लाख ८० हजार २ सय ८० रुपैयाँको ट्याबलेट, ल्यापटप, कम्प्युटर खरिद गरेको, विभिन्न निर्माण कम्पनीहरुलाई भेरिएसन नगरि २४ लाख ६ हजार ९ सय ३२ रुपैंया भुक्तानी गरी बजेट अनियमितता गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

नगरपालिकाले एउटै निकायका पदाधिकारी मात्र संलग्न बैठक भत्ता कानुनले तोके भन्दा ९ लाख ८६ हजार ५ सय ६० बढी प्रदान गरेको, नगर प्रमुखले स्थानीय तहका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ विपरीत सल्लाहकार राखी ५ लाख ४ हजार ४ सय भुक्तानी गरेको, शिक्षा ऐन २०४९ को दफा १९ विपरीत वित्तीय अनुदान अन्तर्गत सुकुटे माध्यमिक विद्यालयका मावि तृतीय शिक्षक (करार) गोपाल खड्कालाई नगरपालिकामा काजमा राखी दोहोरो नियुक्ति प्रदान गरी ६ लाख १९ हजार ९ सय ५७ रुपैंया भुक्तानी दिई अनियमितता गरेको छ।

नगरपालिकाले आफ्ना मान्छेलाई भर्ति गर्न राज्यको लगानी दोहन गर्ने गरेको भन्दै स्थानीयले विरोध समेत गर्दै आएका छन्। योजनाको उपभोक्ता समिति बनाउँदा आफ्नो पार्टीको कार्यकर्ता मात्रै समावेश गर्न खोजेको भन्दै एक साता अघि नगरप्रमुख विरुद्ध स्थानीयले नाराबाजी समेत गरेका थिए। नगर प्रमुखको कार्यशैलीप्रति विमति राख्दै वडा अध्यक्षहरूले समेत पटक पटक विज्ञप्ति जारी गर्दै आइरहेका छन्। नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका कृष्णप्रसाद सापकोटा नगर प्रमुख छन्।

‘स्थानीय सरकारले नियम विपरीत बजेटको अनियमितता गर्ने क्रम बढेको देखिन्छ’, महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक शंकरप्रसाद पन्थी भन्छन्, ‘चौतारा साँगाचोकगढी नगरपालिकाले पनि विषयगत क्षेत्रमा सञ्चालन हुने कार्यक्रममा बैठक भत्ता, भ्रमण भत्ता, तालिम, गोष्ठीतर्फ बढी केन्द्रित भई वितरण मुखी कार्य गरी बजेटको अनियमितता गरेको देखिन्छ।’ 

उनका अनुसार नगरपालिकाले स्थानीय तह सञ्चालन ऐन २०७४ विपरीत स्थानीय राजश्व परामर्श समिति, स्रोत अनुमान र बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति नबनाई एकलौटी बजेट खर्च गर्ने गरेको देखिन्छ।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.