पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा १ रुपैयाँ मूल्य घटेको हो।
यससँगै काठमाडौं उपत्यकामा पेट्रोल मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ। नयाँ मूल्यसूची आज रातिदेखि लागू हुनेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)