टुँडिखेलमा सुरू भयो भूमे पर्व (फोटो फिचर)
![टुँडिखेलमा सुरू भयो भूमे पर्व (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/Bhume_05_dd2Qg3ymzv_nQAjbvftsy.jpg)
काठमाडौं : मगर समुदायले काठमाडौंको टुँडिखेलमा शनिबारबाट भूमे पर्वको सुरुवात गरेका छन्। मगरहरूले बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्ति नआओस भन्ने कामनासहित भूमीलाई पूजा गरेर यो पर्व मनाउने गर्छन्। ३ दिनसम्म विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइने भूमे पर्वमा सहभागी हुनको लागि सबैलाई आग्रह गरिएको छ।
भूमे पूजामा मार (भेंडा, बोका, कुखुरा, सुंगुर) लाई मन्साएर लखेटी गाउँ निकाला गर्ने चलन छ। जसलाई भूम्या निकाल्ने भनिन्छ। भूम्या निकाल्दा महिलाले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दशैंको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ। यसो गरेमा घरभित्रका पीर मर्का भूम्या पर्वसँगै हट्छ भन्ने मान्यता छ। भूम्या थानमा देवतालाई बली दिएर पूँजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाचिन्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)