आयआर्जनमा जोडिँदै आमा समूह

आयआर्जनमा जोडिँदै आमा समूह

बेनी : महिलालाई आत्मनिर्भर बनाउँदै घरेलु हिंसा न्यूनीकरण गर्न म्याग्दीको बेनी नगरपालिकाले आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको छ ।

समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसायी गरी आयआर्जनका काममा संलग्न गराउन कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताइन्।‘महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौं,’ उनले भनिन् ‘चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन भएको कार्यक्रम वडा नम्बर २ र १० मा लागू भएको छ ।’

महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेको उपमेयर लामिछानेले बताइन्।नगर उपप्रमुख लामिछानेको प्रस्तावमा दुुई वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउने सीप सिकेका छन्।युवा र पुरुषहरू बिदेसिएका कारण जनशक्ति नहुँदा विवाह, छेवार, व्रतबन्ध, किरियामा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि पात्लेखेतका महिलाले व्यावसायिक रूपमा बाजा बजाउने पेसा अपनाएका हुन्।

संस्कृति र पेसालाई संरक्षण गर्दै आयआर्जन तथा आत्मनिर्भर बन्नका लागि बाजा बजाउन थालेको बेनी नगरपालिका–१० पात्लेखेतको सिद्धवराह आमा समूहका सचिव गीता रोकाले बताइन्।

बाजा बजाउने सीप सिकेपछि मौलिक संस्कृतिको संरक्षणसँगै आयआर्जनको अवसर सिर्जना भएको पात्लेखेतकी सम्झना रोकाले बताइन्।बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत पात्लेखेतका ३० जना महिलालाई हालै ४५ दिनसम्म बाजा बजाउने तालिम दिइएको थियो।

सीप र सामग्री पाएपछि पात्लेखेतका महिलाले व्यावसायिक रूपमा बाजा बजाउन थालेका थलेका छन्।नगरपालिकाले नौमती बाजा तालिम सञ्चालन र सामग्री खरिदमा ६ लाख रुपैयाँ विनियोजन गरेको थियो।यसैगरी ३ लाख रुपैयाँ बजेटबाट रैथाने बाली प्रशोधन र भण्डारण गर्ने ११ वटा कम्बाइन्ड मिल र (प्याकेजिङ) मेसिन उपलब्ध गराइएको छ।

वडा नम्बर २ मा ५० जनालाई केराको थामबाट धागो र स्थानीय तितेपातीलगायतका सामग्री प्रयोग गरेर साबुन बनाउने तालिम दिइएको थियो।१५ जना आबद्ध ज्यामरुककोट सिर्जनशील महिला उद्योगलाई तीन थान स्विङ मेसिन उपलब्ध गराएको ज्यामरुककोटको मूल आमा समूह सञ्जालका सल्लाहकार उषा घर्ती घिमिरेले बताइन्।

१० जना आबद्ध गणेश फाइवर तथा कम्पोस्ट मल उद्योगलाई केराको रेसा निकाल्ने एक्स्ट्रयाक्ट मेसिन एक थान, रेसा निकाल्ने प्रविधि एक थान र भर्भी कम्पोस्ट मल बनाउने प्रविधि एक थान हस्तान्तरण गरिएको छ।

केरा खेतीको पकेट क्षेत्र रहेको खबरामा खेर गइरहेको केराको थामलाई सदुपयोग गरेर धागो र मल बनाउन थालिएको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्माले बताए।आठ जना उद्यमी आबद्ध प्रस्तावित जनश्रमिक महिला उद्योगलाई कपडा धुने सरफ उत्पादन गर्ने एक थान मिक्सचर, सरफ, साबुन, ट्वाइलेट क्लिनर, भाडा माझ्ने झोल साबुन, हात धुने झोल साबुन र ग्यास क्लिनिर सामग्री एक थान प्रदान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.