आजको प्रतिनिधिसभा बैठकमा तीनवटा मन्त्रालयको बजेटमाथि छलफल हुँदै

आजको प्रतिनिधिसभा बैठकमा तीनवटा मन्त्रालयको बजेटमाथि छलफल हुँदै

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बिहान ११ बजेका लागि बोलाएको बैठकमा तीनवटा मन्त्रालयको बजेटमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।

सचिवालयले सार्वजनिक  गरेको दैनिक कार्यसूचीअनुसार आज बैठकमा विनियोजन विधेयक,२०८१ को विभिन्न शीर्षकहरूमाथि जारी छलफलअन्तरगत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

बैठकमा सांसदहरूले विनिय‍ोजन विधेयकअन्तरगत तीनवटा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

यसैगरी बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

मन्त्री भण्डारीले बैठकमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्नेछन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.