प्री ओपन सेसनमा नेप्से परिसूचक ३.७३ अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ३ .७३ अंकले बढेर २११६.०३ विन्दुमा पुगेको छ। यो समयमा ४९ स्क्रिप्सको ७ हजार ३८० कित्ता सेयर ५६ लाख ७१ हजार ९३१ रुपैयाँमा खरिदबिक्री भयो।
प्री ओपन सेसनमा २७ वटा स्क्रिप्सको मूल्य बढ्दा १९ वटाको घट्यो । तीनवटा स्क्रिप्सको मूल्य यो समयमा स्थिर रह्यो।