काम गर्न नसकेका भनिएका सचिवहरूलाई प्रधानमन्त्री कार्यालयमा थन्क्याउन काम भइरहेको छ: रामहरि खतिवडा

काम गर्न नसकेका भनिएका सचिवहरूलाई प्रधानमन्त्री कार्यालयमा थन्क्याउन काम भइरहेको छ: रामहरि खतिवडा

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मुलुकमा सुशासन झन् कमजोर हुँदै आएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले दक्षता र योग्यताको आधारमा नभइ पार्टीका झण्डा बोकेको आधारमा कर्मचारीहरूलाई राख्ने र फाल्ने काम भइरहेको भन्दै आपत्ती जनाए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नै सत्ता जोगाउने खेलमा लागेको आरोप लगाए। 'प्रधानमन्त्री सत्ता जोगाउने खेलमा लाग्ने। चुनाव अघि एउटा कुरा गर्ने चुनावपछि अर्को कुरा गर्ने,'उनले भने,'सुशासन झन कमजोर हुँदै गएको छ। सुशासन कायम गर्ने सबैको पहिलो कर्तव्य हो।'

नेता खतिवडाले काम गर्न नसकेका भनिएका सचिवहरूलाई प्रधानमन्त्री कार्यालयमा थन्क्याउन गरेको भन्दै सरकारको आलोचना गरे।  'कमजोर व्यक्तिहरूलाई थन्काउने काम भएको छ। सरुवा बढुवामा पारदर्शिता छैन। हिजोको हुकुमी शैलीमा संघीय मामिलामा मात्रै नभइ प्रदेश, संघमा स्थानीय तहका कर्मचारीहरूलाई पहुँचको आधारमा सरुवा बढुवा हुने पद्धतिको विकास भएको छ। एउटा सचिव एउटा मन्त्रालयमा दई /तीन महिनामा सरुवा भएको छ। त्यसले सुशासनको अनुभूति दिन सक्छ ?'

उनले पार्टीको झण्डा नबोकेका कर्मचारीहरू मन्त्रीको मातहतमा रहेर काम गर्न नसकेको सुन्नमा आएको बताए। उनले भने,'हामीले गरेका छौं, कुनै पार्टीको झण्डा नबोक्ने कर्मचारीहरू मन्त्रीको अन्तरगत काम गर्नै सक्दैनन। दक्षता र कावेलीका आधारमा नभइ झण्डाका आधारमा कर्मचारीको राख्न र फाल्ने व्यवस्था भो भने मुलुक कहाँ जान्छ यसतर्फ ध्यान जाओस्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.