संसद‍् बैठकमा श्यामकुमार घिमिरेले 'म मरे डुमै राजा' भनेपछि...

संसद‍् बैठकमा श्यामकुमार घिमिरेले 'म मरे डुमै राजा' भनेपछि...

काठमाडौं : नेपाली कांग्रेस सांसद श्यामकुमार घिमिरेले प्रतिनिधिसभा बैठकमा असंसदीय शब्द प्रयोग गरेपछि सांसदले नियमापत्ति जनाएका छन्। सांसद घिमिरेले बजेटमाथिको छलफलका क्रममा नेपाली उखान 'म मरे डुमै राजा' भनेपछि सांसद हर्कमाया विश्वकर्माले जात विशेषलाई होच्याउने शब्द बोलेको भन्दै नियमापत्ति जनाएकी हुन्।

सांसद घिमिरे बोल्दै गर्दा उनी सिटबाट उठेर बोल्न खोजेपछि सभामुख देवराज घिमिरेले आफ्नो भनाइ राख्न भने। उनले संसदजस्तो गरिमामय ठाउँमा जात विशेषलाई होच्याउने उखान प्रयोग गर्नु आपत्तीजनक भन्दै उक्त शब्द फिर्ता लिनुपर्ने बताइन्। 

विश्वकर्माले शब्द फिर्ता लिन माग गरेपछि कांग्रेस सांसद घिमिरेले उखान भन्ने सिलसिलामा प्रयोग भएको शब्द फिर्ता लिएको बताए। उनले भने,'त्यो शब्द फिर्ता लिएँ। उखान भन्ने सिलसिलामा त्यो बोलेको हुँ। फिर्ता लिएँ।' घिमिरेले शब्द फिर्ता लिएपछि सभामुखले विश्वकर्मालाई सिटमा बस्न आग्रह गरे।

घिमिरेले मुलुकको चालु खर्च बढिरहेको अवस्थामा घटाउने भन्दा बढाउनतिर सरकार नै लागिपरेको भन्दै आपत्ती जनाए।  चालु खर्च मुलुकले धान्न नसक्ने अवस्थामा पुगेको बताए। चालु खर्चलाई नियन्त्रण गर्न सकिएन भने उनले पाँच वर्षभन्दा बढी यो मुलुक चल्दैन। वित्तीय व्यवस्थापनको खर्च २४ खर्ब पुगेको छ। अर्थमन्त्रीले ६ खर्च ऋण थप्छु भन्नु भएको छ। यो अनुसार थपियो भने ३० अर्ब ऋण पुग्छ। साँवा ब्याज भुक्तानी वित्तीय व्यवस्थापनको खर्च कति बढ्ला। यो खर्च थपिदै जाँदा खेरि हामीले पाँच वर्षभन्दा बढी  मुलुक कसरी चलाउन सक्छौं 'म मरेपछि डुमै राजा'भन्ने हिसाबले हामी अघि बढ्दछौं। यो कुराले मुलुकलाई ध्वस्त हुने बाटोतर्फ अग्रसर गराउँदैछ।'

आइतबार  विनियोजन विधेयक २०८१ अन्तर्गत ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुतका क्रममा उनले चालु खर्च मुलुकले धान्न नसक्ने अवस्थामा पुगेको बताउँदै जुनसुकै सरकारले मुलुकको हितमा भन्दा आफू अनुकूलको बजेट ल्याउने गरेको आरोप लगाए।

उनले चालु खर्च बढिरहेको अवस्थामा घटाउनुभन्दा बढाउनतिर लागेपछि खर्च कटौतीको प्रस्ताव राखेको स्पष्ट पारे।


 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.