साउदीमा ४ सय बढी नेपालीको सामाजिक सुरक्षा बिमा रकम रोकियो

साउदीमा ४ सय बढी नेपालीको सामाजिक सुरक्षा बिमा रकम रोकियो

साउदी : साउदी अरेबियामा ४ सय बढी नेपालीको सामाजिक सुरक्षा बिमा रकम रोकिएको छ। हालसम्म ४४६ जनाको सामाजिक सुरक्षा बिमा (गोसी)बाट प्राप्त गर्नुपर्ने रकम रोकिएको हो। 

नेपाली दूतावास रियादले शुक्रबार दूतावासको फेसबुक पेजबाट सो जानकारी दिएको हो। जसमा कार्य दुर्घटनामा परी गोसीबाट स्वीकृत भएको परिवारलाई सम्पर्क गरी आवश्यक कागजात प्रक्रिया पूरा गरि पेस गर्नुपर्ने १४०, कागजात पेस भए पनि हालसम्म रकम भुक्तानी नभएका लागि काम गर्नुपर्ने ३१, दुर्घटना नै दर्ता नभएका वा अस्वीकृत  भएका तथा अब काम र दर्ता गर्नुपर्ने १२४ , प्रकियामा रहेका दुर्घटना स्वीकृतका लागि काम गर्नु पर्ने ८९, चेक फिर्ता भएका केसहरू २३ जना र दुर्घटनाको अवस्था पत्ता लगाउनु पर्ने ३९ जना रहेका छन्।  

दूतावासले  रोजगारीको सिलसिलामा  साउदी अरेबियामा रहँदा कार्य दुर्घटनामा परि घाइते तथा अंगभंग भएका श्रमिकले वा मृत्युवरण गरेका श्रमिकको परिवारले पाउने बिमालाई गोसी भनिन्छ। साउदी अरेबियाको विद्यमान श्रम कानुन अनुसार  रोजगारदाताले आफ्नो कम्पनीमा काम गर्ने श्रमिकलाई गोसीमा आवद्ध गराउनुपर्ने र हरेक महिनाको तलबबाट दुई प्रतिशत गोसीमा प्रायोजन हुनुपर्ने व्यवस्था  छ। 

गोसी अनुसार कार्य दुर्घटनामा परि  परि घाइते भई  सधैंका लागि अपांग वा मृत्यु भएको अवस्थामा  परिवारले ३ लाख ३० हजार रियाल पाउने व्यवस्था रहेको छ। अपांगता भएको हकमा १ लाख  ६५ हजार साउदी रियल पाउनुको साथै अन्यको हकमा नियम अनुसार  व्यवस्था रहने छ। 

गोसी रकम पाउनको लागि मृतकको हकवालामा एक जना वा सो भन्दा बढी भएमा अवस्था अनुसार ७५ देखि १० प्रतिशतसम्म रकम निजको बैंक खातामा सिधा भुक्तानी हुने व्यवस्था रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.