बूढीगण्डकी जलविद्युत गेम चेन्जर परियोजना हो, बजेट र सञ्चालनको अन्योलमा पर्न दिनु हुँदैन : विश्वप्रकाश शर्मा

बूढीगण्डकी जलविद्युत गेम चेन्जर परियोजना हो, बजेट र सञ्चालनको अन्योलमा पर्न दिनु हुँदैन : विश्वप्रकाश शर्मा
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलविद्युत् आयोजनाको अन्यौलतालाई हटाउनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथि छलफलमा भाग लिदै सांसद् शर्माले बूढीगण्डकी जलविद्युत् मुलुकको गेम चेन्जर परियोजना भएको भन्दै यसलाई बजेट अभाव र सञ्चालनको अन्योलमा पर्न दिन नहुने बताएका हुन्।

शर्माले बूढीगण्डकी आयोजना कसले,कसरी र कहिले बनाउने भन्नेमा सरकार स्पष्ट हुनुपर्ने उल्लेख गरे। उक्त आयोजनाका लागि मुआब्जा वितरणको काम लगभग पूरा भएको भन्दै उनले सरकारले कुन ढाँचामा जाने भन्ने निर्णय समयमा गर्न सक्नुपर्ने धारणा राखे। 

शर्माले नेपालीहरूकै लगानीमा बूढीगण्डकी जलविद्युत आयोजना बनाउन सकिने बताए। उनले भने,‘बूढीगण्डकी परियोजना स्वदेश र विदेशमा भएका नेपालीहरूकै लगानीमा बन्न सक्छ। नेपाल बन्ने र उज्यालो दिशातिर जाँदैछ भन्ने सन्देश दिनका लागि पनि सरकार सफल हुनुपर्छ।’ 

आयोजनालाई अगाडि बढाइ सो क्षेत्रमा ‘नेप्लिज फल्स’नामक पर्यटकीय गन्तव्य बनाउन सकिने उनको भनाइ छ। उनले विभिन्न आयोजनाहरुको सम्भाव्यता अध्ययनको प्रस्ताव गर्ने तर प्रयाप्त बजेट नछुट्टयाउने प्रवृतिले समग्र आयोजना नै अन्यौलमा परेको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.