प्रधानमन्त्रीको प्रतिबद्धता विपरीत बजेट आयो : योगेश भट्टराई

प्रधानमन्त्रीको प्रतिबद्धता विपरीत बजेट आयो : योगेश भट्टराई

काठमाडौं : नेकपा एमाले सांसद योगेश भट्टराइले बजेट निर्माणको प्रक्रियामा पुरानै ढाँचा अवलम्वन गरिएकाले विभिन्न टिकाटिप्पणी आइरहेको बताएका छन्। आइतबार संसदमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले बजेट निर्माणको प्रक्रिया पुरानै ढाँचाबाट नभएर यसमाठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक भएको बताए।

उनले तीन करोडमाथिका मात्रै आयोजनालाई बजेटमा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता विपरीत साना साना आयोजना राखेर ल्याउँदा कुनै प्रतिफल नआउने धारणा राखे । तीन तहलाई निश्चित अंक बराबरको बजेट व्यवस्था गर्ने प्रणालीलाई स्थापीत गर्न सकने परिणाममुखी ढंगले बजेटको कार्यान्वयन गर्न सकिने उनले बताए । 

उनले पुँजीगत खर्च घटिरहेको र वित्तीय खर्च धेरै भइरहेको अवस्थालाई सुधार ल्याउनुपर्नेमा जोड दिए। भट्टराईले २५ वर्षमा आयोजना हस्तान्तरण गर्ने नियमलाई बढाउनुपर्ने सुझाव उनले दिए । राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न हुन नसकेको र लगानी बढेको अवस्थामा सरकारले गम्भीर ध्यान दिनुपर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.