जोमसोम विमानस्थलमा सुरक्षा तारबार लगाइँदै

जोमसोम विमानस्थलमा सुरक्षा तारबार लगाइँदै

जोमसोम : नेपाल नागरिक उड्यन प्राधिकरणले मुस्ताङको जोमसोम विमानस्थलको कम्पाउन्डमा तारबार लगाउन थालेको छ।  विमानस्थलमा अनाधिकृत रुपमा छाडा कुकुर र  चौपाया छिरेर दुःख दिन थालेपछि जोमसोम विमानस्थलको आवश्यक पर्ने स्थानमा तारबार अर्थात घेराबार लगाउन थालिएको हो।

प्राधिकरणले कोभिडअघि  समृद्ध मानिएको जोमसोम विमानस्थलको स्तरोन्नति तथा जहाज अवतरण गर्ने रनवे धावनमार्गको लम्बाइ विस्तार गरे पनि विमानस्थल वरपरको घेराबार तारबार मर्मत सम्भार गरेको थिएन। विमानस्थलको सुरुवाती चरणमा लगाइएको होचो तारजाली,धेरै पहिला लगाइएको जीर्ण तारबार र कोरला सडक विस्तारका कारण सडकको उचाई माथि आउँदा जोमसोम विमानस्थलको कम्पाउन्ड तारबार जाली समय अनुकूल परिमार्जन हुन सकेको थिएन।

विमानस्थलको जीर्ण  र होचो तारबार भएकै कारण जोमसोम विमानस्थलमा अनधिकृत रुपमा छाडा कुकुर र चौपायाहरू पस्दा पोखरा-जोमसोम हवाई उडानमा जोखिम निम्त्याएको थियो। विमानस्थलमा कुकुर र अन्य चौपाया छिरेको अवस्थामा विमानस्थलमा रहेको आगो निभाउने वारुणयन्त्रको सहायताले दिनहु कुकुर र चौपाया धमाउनु पने बाध्यता थियो।

जोमसोम विमानस्थलको कम्पाउन्ड तारबारको कमजोर संरचनाका कारण हवाई जोखिम बढेपछि प्राधिकरणले विमानस्थलको आवश्यक स्थानमा तारबार लगाउन सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर एवं योजना प्रमुख ई. दिनेश परियारले जानकारी दिए। प्राधिकरणले ८० लाख ७८ हजार लागतमा जोमसोम विमानस्थलमा तारबार लगाउन जित निर्माण सेवा काठमाडौसँग चालु वर्षको चैत्र ९ गते ठेक्का सम्झौता गरेको उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.