मृगौला रोगीहरूलाई सहयोग

मृगौला रोगीहरूलाई सहयोग

गोरखा : धार्चे गाउँपालिका-७ लापुमा रहेका ६ जना मृगौला रोगीलाई आर्थिक सहयोग जुटेको छ। लापुबेसी घर भई हाल अष्ट्रेलिया बस्दै आएका जोन घलेले मृगौला रोगीहरुलाई जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेका हुन्। घलेले वडाध्यक्ष राकेश गुरुङमार्फत सहयोग रकम पठाएका हुन्। 

एक औपचारिक कार्यक्रम आयोजना गरी गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले मृगौला रोगी ५ जनालाई सो आर्थिक सहयोग रकम हस्तान्तरण गरेका थिए। अध्यक्ष गुरुङले लामो समयदेखि पीडित भई जीवन गुजारिरहेका अनुजा गुरुङ, रोजिना गुरुङ उषा गुरुङ (नाम परिवर्तित), जयराम गुरुङ, सूर्यलाल बिक र सुनार गुरुङलाई ५० हजारका दरले  रकम हस्तान्तरण गरेका वडाध्यक्ष राकेश गुरुङले बताए। 

बिरामीहरू अस्पतालमा उपचाररत भएकाले परिवारका सदस्यहरूलाई सहयोग रकम हस्तान्तरण गरिएको वडाध्यक्ष गुरुङले बताए। ‘जयराम गुरुङको भने परिवारका सदस्य उपस्थित हुन सकेनन्, म आफैं समय मिलाएर हस्पिटल पुगेर रकम दिनेछु’, उनले भने।

साथै उनले भेडा चराउन जाँदा लडेर गम्भीर घाइते भएका चुमनुब्री गाउँपालिका-३ पाङसिङका चन्द्रबहादुर गुरुङलाई पनि आर्थिक सहयोग पठाएका छन्। सातै जनालाई प्रतिव्यक्ति ५० हजारका दरले आर्थिक सहयोग गरिएको वडाध्यक्ष गुरुङले बताए।

यस्तै संस्कृति जगाउने उद्देश्यले जोन घलेले सतीघाँटु नाँच समूह घर निर्माण गर्न ७० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्। प्राप्त आर्थिक सहयोगबाट वडास्थित कालरात्री मावि र प्रभात किरण माविमा तीन/तीन लाखको अक्षय कोष समेत स्थापना गरिएको वडाध्यक्ष गुरुले जानकारी दिए। सबै गरी घलेले करिब ११ लाख आर्थिक सहयोग पठाएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.