निर्वाचन आयोगको आयुक्त पदमा प्रधानलाई सिफारिस गर्ने संवैधानिक परिषद् बैठकको निर्णय
काठमाडौं : निर्वाचन आयोगको आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भएका छन्। आइतबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगको आयुक्तको पद रिक्त रहेको थियो। संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ पछि मात्रै नियुक्ति हुनेछ। संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाई पश्चात नियुक्त हुने व्यवस्था छ।
निर्वाचन आयुक्त सिफारिस भएका प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन्।