चितवनमा पर्यावरणीय प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

चितवनमा पर्यावरणीय प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

चितवन : विश्वका कृषि र प्रविधि क्षेत्रका विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभाव विषयक सम्मेलन यही असार ४ र ५ गते रामपुरमा गर्न लागेको जनाएको हो। 

अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलले सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसीया, चीन र अष्ट्रेलियाका विज्ञ, प्राध्यापक र विद्यार्थीहरूको सहभागिता रहने जानकारी दिए। 

सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यराज रेग्मी, योजना आयोगका शिक्षा हेर्ने सदस्य डा रमेशचन्द पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्र, नाष्टका सचिब डा रविन्द्र ढकाललगातत नेपालका कृषिसँग सम्बन्धित विश्वविद्यालय र संघ संस्थाका विज्ञ, प्रध्यापक र विद्यार्थीको उपस्थिति रहने छ।

यस्तै भारतको महात्मागान्धि चित्रकुट विश्वविद्यालयका डिन डा डिपि राई, आइसिएआर कानपुरका निर्देशक डा सन्तकुमार दुवेलगायत भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट एक सय जना प्रतिनिधि सम्मेलनमा सहभागी हुने उनले जानकारी दिए। अमेरिका, इन्डोनेसीया, चीन, अष्ट्रेलियाबाट विज्ञ, प्रध्यापक र विद्यार्थीसमेतको उपस्थिति रहने सम्मेलनमा एक सयभन्दा बढी विभिन्न विषयका कार्यपत्र प्रस्तुतीकरण र समूहगत छलफल गरिने जनाइएको छ। यसैगरी कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभावका विषयमा समेत छलफल हुनेछ। 

कृषि विश्वविद्यालयको स्थापना तथा भरतपुर भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न लागिएको  र सम्मेलनमा तीन सय जनाको सहभागिता रहने अनुसन्धान निर्देशक डा कट्टेलले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.