बंगलादेशले गुमायो पाचौं विकेट

बंगलादेशले गुमायो पाचौं विकेट
खेल हेर्दै दर्शक । तस्बिर : क्यान

काठमाडौं : आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपालले पाचौं विकेट लिएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा बंगलादेशविरुद्ध भएको खेलमा नेपालले महमुदुल्लाहलाई रन आउट गरेको हो।

८.६ ओभरमा सन्दीप लामिछानेको बलमा उनलाई गुलशान झाले रन आउट गराएका हु्न्। उनी १३ बलमा १३ रन बनाएर पेभेलियन फर्किए।
त्यस अगाडि ५.६ ओभरमा पौडेलको बलमा सन्दीप लामिछानेले तौहिद हृदयलाई क्याच आउट गराएका थिए। उनी ७ बलमा ९ रन बनाएर बाहिरिए।

त्यस अगाडि ४.३ ओभरमा सोमपाल कामीको बलमा लिटन दासलाई आशिफ शेखले क्याच आउट गराएका थिए। उनी १२ बलमा १० रन बनाएर बाहिरिए।

त्यसैगरी दीपेन्द्र सिंह ऐरीले १.३ ओभरमा नाजमुल हसिन सान्तोलाई बोल्ट आउट गरेका थिए।

यस अगाडि सोमपालले पहिलो बलमै ओपनर  तान्जिब हसनलाई पेभिलियन फर्काएका थिए। टस हारेर ब्याटिङ गरेको बंगलादेशले ९ ओभरमा ५ विकेटको क्षतिमा ५२ रन बनाएर खेलिरहेको छ। 

अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। तर बंगलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ। 

समूह ‘डि’ बाट दक्षिण अफ्रिका ८ अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ। अब समूह ‘डि’ बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्न बाँकी छ। नेपाललाई पराजित गरेमा बंगलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ। अंक तालिकामा बंगलादेशको चार अंक छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.