लामिछाले ‘कम ब्याक’ : बंगलादेशविरुद्ध २ विकेट

सन्दीप लामिछानेले बने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो १०० विकेट लिने दोस्रो बलर

सन्दीप लामिछानेले बने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो १०० विकेट लिने दोस्रो बलर
तस्बिर : क्यान

काठमाडौं : आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको आठौं विकेट लिएका छन्। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सोमबार बिहान भएको खेलमा नेपालका पुर्व कप्तान सन्दीप लामिछानेले बंगलादेशका जाकिर अलीको विकेट लिएका हुन्। 

१५.२ ओभरमा बंगलादेशका अलिलाई आउट गराएसँगै टी २० अन्तराष्ट्रिय खेलमा छिटो १०० विकेट पुर्‍याउने दोस्रो बलर बनेका हुन्। लामिछानेले ५४ खेलमा १०० विकेट कटाएका छन्। अफगानिस्तानका रासिद खानको नाममा छिटो सय विकेट पूरा गर्ने बलरको सूचीमा रेकर्ड छ।  उनले ५३ खेलमा १०० विकेट लिएका छन्। 

यस अगाडि पनि नेपाली स्पीनर लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनिसकेका छन्। उनले ४२ खेल खेलेर १०० विकेट पूरा गरेका हुन्। लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.