बंगलादेशविरुद्ध नेपालले एकै ओभरमा गुमायो दुई विकेट
![बंगलादेशविरुद्ध नेपालले एकै ओभरमा गुमायो दुई विकेट](https://annapurnapost.prixacdn.net/media/albums/kushal-bhurtel-bat_pg71D77FEt_t674PKbIEK.jpg)
काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ।
जवाफि ब्याटिङमा उत्रिएका नेपालका ओपनर कु्शल भुर्तेल र अनिश शाहलाई तेस्रो ओभरको दोस्रो र चौथो बलमा तन्जिम हसन साकिबले आउट गराएका हुन्।
भुर्तेलले ८ बलमा १ चौका प्रहार गरे। उनी बोल्ड आउट भएका हुन्। शाह ४ बलमा शून्य रनमै पेभिलियन फर्किए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)