मुस्लिम समुदायले बकर इद मनाउँदै

मुस्लिम समुदायले बकर इद मनाउँदै

विराटनगर : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) सोमबार मुलुकभर हर्षोल्लासपूर्वक मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने परम्पराअनुसार मुलुकभरका मुस्लिम धर्मावलम्बीहरूले बकर इद (इदुल जोहा) आज मनाउन लागेका हुन्। इस्लाम पात्रो ‘हिजारी संवत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १०औं दिनमा यो पर्व मनाइन्छ। 

यस दिन बिहान सबैरै उठेर नुहाइधुवाइ गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदमा गई नमाज पढ्नुका साथै अँगालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गरिने मुस्लिम अगुवा जफर अहमद जमालीले बताए। 

देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्छ। यो पर्व मनाउन सरकारले सार्वजनिक विद्या दिएको छ। हिजरी संवत्अनुसार हजारौं वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवाहरू बताउँछन्। नमाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको बलि दिने परम्परा छ। बलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ। त्यसमध्ये एक भाग आफ्ना लागि, अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र तेस्रो भाग गरिब तथा असहायलाई दान गरिन्छ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा करिब चार हजार वर्षपहिले हजरत इब्राहिमले सपनामा परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैंंले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरका लागि हो भन्ने भावना जागृत गराउनु हो। आजको दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा र मीठा परिकार एकापसमा साटासाट गर्छन््।

नेपाली मुस्लिम समुदायले यो दिनमा आफ्नत र साथीभाइलाई बोलाएर मुस्लिम परिकारहरू खुवाउने र एक आपसमा खुसियाली साटेर पर्व मनाउँछन्।
इदमा परीक्षा राखिएको भन्दै असन्तुष्टि

बकर इद पर्वका अवसरमा राज्यले सार्वजनिक दिए पनि त्रिभुवन विश्वविद्यालयले परीक्षा राखेको भन्दै मुस्लिम अगुवाहरूले असन्तुष्टि व्यक्त गरेका छन्। त्रिभुवन विश्वविद्यालयले ४ वर्षे बीबीएस पुरानो कोर्षको परीक्षा बकर ईदको दिन राखेको भन्दै पर्व मनाउने दिन मुस्लिम विद्यार्थीलाई परीक्षा दिन लगाउने विश्वविद्यालयको परीक्षा तालिकाको विरोध गरेर असन्तुष्टि जनाएका हुन्। 

‘राज्यको दोहोरो नीति देखेर दुःख लाग्यो। मुस्लिम समुदायलाई राज्यले दोस्रो दर्जाको नागरिक ठाने जस्तो महसुस भएको छ’, मुस्लिम अगुवा साहेव अहमद गुड्डुले भने, ‘मुस्लिम समुदायहरूको महान पर्व बकर इदको सार्वजनिक बिदा दिने, अर्को तिर बिदाको दिन मुस्लिम विद्यार्थीलाई परीक्षा दिन लगाइने।’ 

मुस्लिम समुदायको धैर्य नटुटोस् भन्दै गणतन्त्र ल्याउन मुस्लिम समुदायले गरेको बलिदान राज्यले बिर्सेको मुस्लिम युवा नेता अनिश आलमले बताए। उनले भने, ‘मुस्लिम समुदायको अधिकार स्थापित गर्न एक भएर राज्यसँग फेर िसंघर्ष गर्नुपर्ने भएको छ।’ मुस्लिम आयोगको कामप्रति पनि मुस्लिम अगुवाहरूले आक्रोश व्यक्त गर्दै आयोगका अध्यक्षहरूले पनि फोटो खिचाउने बाहेकको कुनै पनि काम गर्न नसकेको आरोप लगाए। 

नेपाल मुस्लिम इक्तिहाद संगठन कोशी प्रदेशका अध्यक्ष अजीम आलमले पनि राज्यले मुस्लिम समुदायको पर्व र संस्कारलाई बेवास्ता गर्दै आएको बताए। 

अबका दिनमा सबै मुस्लिम अगुवाहरू एक स्थानमा उभिएर मुस्लिमको धर्म र पहिचान स्थापित गर्नुको विकल्प नरहेको उनले सामाजिक सञ्जालमार्फत जनाएका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.