बंगलादेशविरुद्ध नेपालले छैटौं विकेट गुमायो
![बंगलादेशविरुद्ध नेपालले छैटौं विकेट गुमायो](https://annapurnapost.prixacdn.net/media/albums/kushal-mallla_BwnXKBlqP1_ryAzNtIIEk.jpg)
काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा ब्याटिङतर्फ नेपालले कमजोर प्रदर्शन गरेको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको छैटौं विकेट गुमेको हो।
१६.४ ओभरमा नेपालका कुशल मल्ल आउट भएका हुन्। उनले ४० बलमा सर्वाधिक २७ रनको योगदान गरे। उनले १ चौका र १ छक्का प्रहार गरे। नेपाललाई जितका लागि २० बलमा २९ रन आवश्यक रहेको छ।
यस अगाडि नेपालका ओपनर आशिफ शेखले १७ रनको योगदान गरे। शेखले १४ बलमा चार चौका प्रहार गरेका हुन्। कुशल भुर्तेलले ८ बलमा एक चौका प्रहार गर्दै बाहिरिए। रोहितकुमार पौडेल ६ बल र सन्दीप जोराले बलमा १/१ रनको योगदान गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)