टी-२० विश्वकप क्रिकेट : नेपालको खराब ब्याटिङ

नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश विजयी

नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश विजयी

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई पराजित गरेको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको अन्तिम खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो। जवाफी ब्याटिङका क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको हो। नेपालले लगातार तीन विकेट गुमाएको थियो।

नेपालका लागि कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रनको योगदान गरे। उनले १ चौका र १ छक्का प्रहार गरे। 

यसैगरी दीपेन्द्रसिंह ऐरीले २५ रनको योगदान गरे। उनले ३१ बलमा एक छक्का र २ चौका प्रहार गरे। ओपनर आशिफ शेखले शेखले १४ बलमा चार चौका प्रहार गर्दै १७ रन बनाए। कुशल भुर्तेलले ८ बलमा एक चौका प्रहार गर्दै बाहिरिए।  रोहितकुमार पौडेल ६ बल र सन्दीप जोराले बलमा १/१ रनको योगदान गरे। सोमपाल कामी, गुलशन झा, अभिनाश बोहोरा शून्य रनमा आउट भए। लगातार विकेट जाँदा क्रिजमा आएपनि सन्दीप लामिछानेले ब्याटिङ गर्न पाएनन्।

बंगलादेशका लागि तन्जिम हसन साकिबले सर्वाधिक ४ विकेट,मुस्ताफिजुर रहमानले ३ विकेट,शकिब अल हसनले २ विकेट र तस्किन अहमदले १ विकेट लिए।null

त्यस अगाडि बंगलादेशका लागि शाकिब अल हसनले १७ रन, महमुदुल्लाह र रिशाद हुसेनले १३/१३ रन, जाकिर अली र तस्किन अहमदले १२/१२ रन, तौहिद हृदयले ९ रन, नाजमुल हसिन सान्तोले ४ रन, नान्जिम हसन साकिब र मुस्ताफिजुर रहमानले ३/३ रनको योगदान गरे। तान्जिद हसन शून्य रनमै आउट भए।

नेपालका लागि रोहितकुमार पौडेल,सन्दीप लामिछाने,सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए। योसँगै बंगलादेश सुपर आठमा प्रवेश गरेको छ।

सन्दीप लामिछाने बने टी-२० आईमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर

नेपालका पुर्वकप्तान एवम् लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। आईसीसी टी-२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सोमबार बिहान भएको खेलमा दुई विकेट लिएसँगै लामिछाने छिटो १०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेका हुन्। null

उनले ५४ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै लामिछानेले विकेट पूरा गरे । त्यस अगाडि उनले १४ ओभरको दोस्रो बलमा बंगलादेशका तन्जिम हसन साकिब आउट गरेका थिए।null

अघिल्लो खेलमा चुक्दा पहिलो बलर बन्नबाट लामिछाने चुकेका थिए। अफगानिस्तानका रासिद खानको नाममा छिटो सय विकेट पूरा गर्ने खेलाडीको नाम रहेको छ । उनले ५३ खेलमा १०० विकेट लिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.