महिलाको हत्या गरि भागेका पुरुष ५ वर्षपछि पक्राउ

महिलाको हत्या गरि भागेका पुरुष ५ वर्षपछि पक्राउ
तस्बिर : अन्नपूर्ण

विराटनगर : मोरङको जहदा गाउँपालिका–१ मा महिलाको हत्या गरेर फरार बनेका एकजना पुरुष ५ वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको सइ उज्वल शाक्य नेतृत्वको टोलीले जहदा–१ का ४५ वर्षीय शम्भु साहलाई आइतबार साँझ पक्राउ गरेको हो । 

जग्गाको सिमाना विवादमा साहले २०७६ साल जेठ १० गते जहदा–१ की ६० वर्षीय नान्कीदेवी ठाकुरको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।  दाउराले प्रहार गरेर महिलाको हत्या गरेपछि उनी फरार बनेको बस्नेतको भनाइ छ । 

उनका अनुसार फरार भएको लामो समयपछि हत्याका आरोपीलाई जहदा–१ तिल्हरियाबाट पक्राउ गर्न प्रहरी सफल भएको हो । साहविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.