६ किलो सुनसहित कपनबाट विदेशी नागरिक पक्राउ
![६ किलो सुनसहित कपनबाट विदेशी नागरिक पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrested_20180911053149_QZgHCL6VQb_YIo2Q8xh6L.jpg)
काठमाडौं : कपनबाट ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख श्यामलाल ज्ञवालीले सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेको बताए । उनका अनुसार आइतबार साँझ उनको साथबाट १/१ केजीका ६ वटा सुनका विस्कुट प्रहरीले बरामद गरेको हो ।
सुन तस्करीमा संलग्न अन्यको खोजि भइहेको प्रहरीले जनाएको छ। बरामद सुन र विदेशी नागरिकबारे सीआईवीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)