अत्यधिक गर्मीका कारण साउदी अरबमा १४ जना हजयात्रीको मृत्यु

अत्यधिक गर्मीका कारण साउदी अरबमा १४ जना हजयात्रीको मृत्यु
तस्बिर : एजेन्सीबाट

एजेन्सी : साउदी अरबमा अत्यधिक गर्मीका कारण हजमा सहभागी १४ यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जोर्डन नागरिक रहेको बताइएको छ।  यसबारे जोर्डनका अधिकरीहरूले जानकारी दिएका छन्। 

जोर्डनका विदेश मन्त्रालयका अनुसार अत्यधिक गर्मीका कारण लू लागेर १४ जना जोर्डन नागरिकको मृत्यु भएको हो। अरु १७ जना बेपत्ता भएका छन्। बेपत्ताहरूको खोजी भइरहेको  छ।

परिवारको इच्छाअनुसार मृतकहरूको शव गाड्ने वा स्वदेश पठाउने प्रक्रियाबारे साउदी अधिकारीहरूसँग छलफल भइरहेको जनाइएको छ। हज संसारकै सबैभन्दा धार्मिक समारोहमध्ये एक हो।  साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाख बढी सहभागी हुने विश्वास लिएका छन्।

यहाँको तापक्रम ४६ डिग्री सेल्सियस मापन गरिएको छ। जसका कारण घर बाहिर र पैदल हिँड्ने तीर्थयात्रीहरू विशेषगरी वृद्धवृद्धाहरू बढी प्रभावित भएका छन्। 

यस वर्षको हजको समयमा मक्का र मदिनामा औसत तापक्रम १ दशमलव ५ देखि २ डिग्री सेल्सियसले बढ्ने सम्भावना रहेको साउदी अरबको मौसम विज्ञान केन्द्रका प्रमुख अयमान गुलामले बताएका थिए।

समाचार एजेन्सीका अनुसार हजमा आएका इरानी रेड क्रिसेन्टले पाँचजना इरानी हज तीर्थयात्रीको मृत्यु भएको पुष्टि गरेको छ। तर, उनीहरूको मृत्युको कारणबारे भने खुलेको छैन।

 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.