सिलीगुडीको रंगापानी नजिकै रेल दुर्घटना, सातजनाको मृत्यु

सिलीगुडीको रंगापानी नजिकै रेल दुर्घटना, सातजनाको मृत्यु
दुर्घटनाग्रस्त रेल।

झापा : भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङमा सोमबार बिहान रेल दुर्घटना भएको छ ।  सिलीगुडीको रंगापानी स्टेसन नजिकै भएको रेल दुर्घटनामा परी अहिलेसम्म ७ जनाको मृत्युको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक तथा घाइतेहरूको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ । सोमबार बिहान करिब ९ बजेको समयमा न्यु जलपाईगुरी रेल्वे स्टेसनबाट छुटेको कञ्चनजंगा एक्सप्रेस (१३१७४)लाई एउटा मालगाडी रेलले पछाडिबाट ठक्कर दिएको थियो । 

कलकत्ता जाँदै गरेको कञ्चनजंगा एक्सप्रेस रातो सिङ्गलका कारण रोकिरहेको थियो । सोही बेला पछाडिबाट आएको मालगाडी रेलले ठक्कर दिएको थियो । ठक्करबाट यात्रु बोकेको कञ्चनजंगा एक्सप्रेस तीनवटा डिब्बा क्षतिग्रस्त भएको छ । 

घटनास्थलमा एक जना कोपो पाइलटको मृत्यु भएको छ । अहिले उद्धार कार्य जारी रहेको जनाइएको छ । घटना दु:खद भएको बंगालका मुख्यमन्त्री ममता बनर्जीले जानकारी गराउँदै उद्धार तथा राहत कार्यमा जुटन अपिल गरेकी छन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.