पहिले कार्यपालिका सदस्य, अहिले अटोचालक

पहिले कार्यपालिका सदस्य, अहिले अटोचालक

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–७ की धौलीदेवी दमाई जिल्लाकै पहिलो महिला अटोचालक हुन्। जिल्ला सदरमुकाममा सञ्चालित पाँच दर्जन अटो चालकमध्ये धौली दमाई पहिलो र एकमात्रै महिला अटोचालक हुन्।

अमरगढी नगरपालिका नगर कार्यसमितिका निवर्तमान सदस्य धौली दमाईले २०७४ को आम निर्वाचन वडा नं ७ बाट जितेकी हुन्। कार्यपालिका सदस्य भइसकेकी उनले अटो चलाउन थालेको ५ महिनाभन्दा बढी भएको छ। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट विजयी हुँदै अमरगढी नगरपालिकाको कार्यपालिका सदस्य भएकी हुन्।

तर, कार्यकाल सकिएपछि उनलाई घरखर्च चलाउन समस्या भएको थियो। उनका श्रीमान् तारा दमाई पोखरा बजारमा सिलाई कटाइसम्बन्धी व्यवसाय गर्छन्। त्यतिले मात्रै घर नचल्ने अवस्था आएपछि उनले पनि केही गर्ने अठोट गरिन्। ‘राजनीति गर्दागर्दै कार्यपालिका सदस्य भएपछि महिलाले पनि केही गर्न सक्छन् भन्ने हिम्मत आयो। त्यसपछि एक बचत समूहबाट ४ लाख ऋण र दुईलाख जति आफूले थपेर ६ लाखमा अटो किनेको हुँ’, उनले बताइन्।

तर, अटो किनेर मात्रै भएन। चलाउन सिक्नुपर्ने समस्या उनीमाथि आइलाग्यो। तर, त्यो चुनौतीलाई चिर्दैै करिब २ महिना उनले अटो चलाउन सिकिन्। चलाउन सिकेपछि धौलीदेवीले अटो किनेकी थिइन्। अहिले उनले दिनको १५ सयभन्दा बढी कमाइ हुने बताइन्। ‘महिनाको ५० हजारसम्म कमाउँछु। त्यसमध्येबाट बचत समूहबाट लिएको ऋणको किस्ता तिर्छु। बाँकी पैसाले घरखर्च चलाउछु’ उनी भन्छिन््, ‘मेरा छोराछोरीको पढाइ खर्च यसैबाट चल्छ।’

उमेरले ४३ कटेकी उनी अटो चलाएर अमरगढी नगरपालिकाभित्र जता पनि पुग्छिन्। सबैले एक्लो महिला चालक भनेर सहयोेग र तारिफ गर्ने गरेको उनको अनुभव छ। तर, केहीले भने राजनीति सकिएपछि अहिले चालक बनेर हिँड्ने गरेको भन्दा उनको मन पोल्ने गर्छ। 

अमरगढी नगरकी निवर्तमान कार्यपालिका सदस्य धौली नेपालीको १५ वर्षको उमेरमा आजभन्दा गरि २८ वर्ष अगाडि विवाह भएको हो। सानैमा विवाह भएको बताउने अमरगढी ७ की धौली नेपालीले अमरगढी ७ पोखराका तारा दमाईसित विवाह भएको हो। उनको मागि विवाह हो। सबैले धौली नेपालीलाई बोलचालको भाषामा बोलाउने साइनो भने बउजु(भाउजू) रहेको छ। बउजु अहिले ४३ वर्षकी भइन्। सानै उमेरमा भएको विवाहका कारण उनका सन्तानको सख्या पनि बढी नै छ। सन्तानमा पनि छोरीहरूको सख्या बढी हुँदा आफूले भोग्नु परेको पिडा पोखेर साध्य नहुने भन्दै बउजु भन्छिन्, ‘अहिलेको संविधानले त करिव वालविवाह हुनबाट त जोगाएको छ। २० वर्ष नपुगेसम्म विवाह त गर्न पाइँदैन, कम उमेरमा हुने विवाहका कारण समस्या त भोग्नु पर्दैन। २० वर्षमा त छोरीले पनि पढाइ र सीपका कारण दक्षता हासिल गरि आफ्नै खुट्टामा उभिने व्यवस्था त संविधानमा भएको छ।’

उनले कार्यपालिका सदस्य बनेर नै आफूमा योे हिम्मत आएको बताइन्। ‘हामी महिलाले पनि पुरुषको जस्तै काम गर्नसक्ने रहेछन् भन्ने कुरा विभिन्न तालिम पाएर सिकेको जनाइन। उनले कार्यपालिका सदस्य निर्वाचन हुनुपूर्व सिलाई कटाईको काम पनि गरेकी थिइन्। उनी आफ्नोजस्तै हिम्मत गरेर अन्य महिलालाई स्वरोजगार बन्न सुझाव दिन्छिन्। कसैले सहयोग मागे आफूले अटो चलाउन सिकाउने उनको भनाइ छ। अमरगढी नगरपालिकाको कार्यपालिका सदस्य हुँदा पनि दलित तथा महिलाका लागि सधैंं अवाज उठाइ निर्णायक ठाउँमा समेत अग्रस्थानमा उभिएको उनका समकक्षी बताउँछन्। 

परिश्रमी, गरिब, मजदुर र महिलाका लागि धौली बउजु(भाउजू)ले सधैं आवाज बुलन्द गरी निर्णयका लागि दवाद दिइरहेको स्मरण अमरगढी नगरपालिका वडा नं ८ का वार्ड अध्यक्ष नरबहादुर साँकिले बताए। उनी मिलनसार छन्। समस्यामा सहयोग गर्ने उनको बानी हो। स्वार्थमा कहिले नलाग्ने र समस्यासँग सजिलै जुध्नसक्ने क्षमता पूर्वकार्यपालिका सदस्य धौली बउजुमा रहेको अमरगढी नगरपालिकाका समाजिक विकास शाखाप्रमुख लालबहादुर साउदले जानकारी दिए। 

उनी एक समाजिक अगुवा तथा प्ररणादायी महिला हुन्। प्रौढ शिक्षा पढेर ज्ञान हासिल गरेकी धोलीसँग सिलाइ कटाइ, अटोचालक सँगै प्रशासनिक र जनप्रतिनिधि भइ काम गरेको अनुभव छ। अहिले पनि सदरमुकामबाट बाहिर जानुपर्दा खोजिखोजि धौली बउजुको अटोमा चढ्ने गरेको स्थानीय बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.