संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे संयुक्त बैठकमा छलफल

संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे संयुक्त बैठकमा छलफल
सभामुखको सचिवालय।

काठमाडौं :  संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको हलमा बसेको बैठकमा दुवै सभाका पदाधिकारी,प्रमुख सचेतक, मुख्य सचेतक,संघीय संसदका महासचिव र सचिवालय सचिवसहितसँग छलफल भएको हो।

सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएको छ । 

कर्मचारीहरूले तलब र अतिरिक्त भत्तालगायतका सेवा सुविधा बढाउन माग गर्दै आन्दोलित भएका छन्। उनीहरूले आइतबार महासचिवको कार्यकक्षमा धर्ना दिएका थिए। आफ्ना माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन्।

छलफलमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवको उपस्थिति छन्।  हाल संसद् सचिवालयमा तीन सय ९० कर्मचारीका कार्यरत छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.