१० अर्ब पुँजीको कम्पनी,‘सातवटै प्रदेशमा लगानी’

१० अर्ब पुँजीको कम्पनी,‘सातवटै प्रदेशमा लगानी’

काठमाडौं : नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट वक्तव्यमा १० अर्ब रुपैयाँ पुँजीको लगानीमा कम्पनी स्थापना गर्ने र सातै प्रदेशका सम्भावित आयोजनामा लगानी गर्ने विषयमा निजी क्षेत्र सहमत देखिएका छन् ।

नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको संयुक्त आयोजनामा अस्ट्रेलियाको सिड्नीमा शनिबार र मेलबर्नमा आइतबार आयोजित ‘अन्डरस्ट्याडिङ नेप्लिज इकोनोमी इन्भेस्टमेन्ट प्रोस्पेक्ट्स एन्ड ब्याकिङ सर्भिसेस्’ कार्यक्रममा वक्ताहरूले नेपालमा लगानीका असीमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएको बताए । 

उक्त कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अवसरै अवसर रहेको र मिलेर लगानी गर्न गैरआवासीय नेपालीलाई आह्वान गरे । ‘लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुन संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सिर्जना गरेको छ,’ अध्यक्ष ढकालले भने, ‘नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषिजन्य उद्योगको प्रचुर सम्भावना रहेको छ । यी सबै सम्भावनालाई अवसरको रूपमा लिँदै नेपालमा लगानी गर्नुस् र यथोचित मुनाफा आर्जन गर्नुस् ।’

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआई डेक्स स्थापना गरेको बताउँदै मुलुकमा स्वदेशी तथा विदेशी दुवै लगानी भिœयाउन आवश्यक सहयोग तथा सहजीकरण गर्न सदैव तयार रहेको बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बोमबहादुर मिश्रले कुनै पनि विदेशी व्यक्ति तथा गैरआवासीय नेपालीले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने समेत बताए । उनले नेपाली बैंकहरू ठूलाठूला लगानीका लागि समेत सक्षम बन्दै गएको जनाए । उनले गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न चाहेमा थप पुँजी जुटाउन ऋण लगानीका लागि समेत नेपाली बैंकहरू तयार रहेको उल्लेख गरे । ‘राष्ट्र बैंक नेपालमा लगानी बढाउन हरतवरले सहयोग गर्न र सहजीकरण गर्न तयार छ ।’

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले नेपालमा लगानीका अवसर र सम्भावना निकै धेरै रहेको बताए । सीईओ बज्राचार्यले भने, ‘नेपालका अवसरलाई रियालिटीमा बदल्न सम्भावित आयोजना लिएर आएमा आवश्यक पर्ने पुँजी जुटाउन बैंकहरूले ऋण प्रदान गर्न सक्ने अवस्था छ ।’ 

नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजी ठूलो मात्रामा रहेको बताउँदै उनले गैरआवासीय नेपालीले नेपालको कुनै सम्भाव्य आयोजनामा लगानी गर्न इच्छुक रहेमा बैंकले सहयोग गर्ने बताए । 

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा उपयुक्त वातावरण बनेमा गैरआवासीय नेपालीहरू नेपालमा लगानीका अवसरहरू खोजिरहेको बताए । अध्यक्ष पोखरेलले, ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेमा धेरै नेपाली लगानीका लागि इच्छुक रहेका छन् ।’  

उनले अस्ट्रेलियामा रहेका नेपालीहरू आफ्नो मातृभूमिमा लगानी गर्न हरेक हिसाबले इच्छुक रहेको सुनाए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.