'चिनियाँ नागरिक हुँ' भन्दै सुन तस्करी गर्थे सोनाम

'चिनियाँ नागरिक हुँ' भन्दै सुन तस्करी गर्थे सोनाम

काठमाडौं : सुनसहित पक्राउ परेका विदेशी नागरिक भनिएका व्यक्तिसँग नेपाली नागरिकताको प्रमाण भेटिएको छ। आफूलाई चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला पारेको हो।

उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। आफूलाई चिनियाँ नागरिक बताउने गुरूङले अवैधरूपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरूङ पक्राउ परेको सीआईबीले जनाएको छ।

सोमबार बिहान सीआईबीको टोलीले ६ किलो सु्नसहित गुरूङलाई बौद्धको तिनचुलीबाट  नियन्त्रणमा लिएको हो। उनको साथबाट ९९९.९ किलो सुन ६ थान (आधिकारिक रुपमा तौल र परीक्षण बाँकी),४८ लाख नेपाली रुपैयाँ र ३ थान मोबाइल बरामद भएको  छ।

गुरूङ अवैध सुन भन्सार चोरी पठारी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।  बरामद सुन र गुरूबारे सीआईवीले थपअनुसन्धान गरिरहेको छ।

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.