तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला, शिक्षिका पक्राउ

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला, शिक्षिका पक्राउ
विष्टको शव फेला परेको स्थान। तस्बिर : कृष्ण विष्ट

बैतडी : तीन  दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का वीरभान सिंह बिष्टको शव फेला परेको छ । ५१ वर्षीय बिष्टको सोही वडाको पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो सवा दुई बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक गिरीले जानकारी दिए । हत्या गरी काँचले बेरेर फालेको अवस्थामा शव फेला परेको उनले बताए । 

असार १ गते शनिबार उनी सम्पर्कविहीन थिए । उनलाई बेपत्ता पारेको भन्दै बिष्टका आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ वर्षीय महिला भागरथी बिष्टको नाममा उजुरी दिएका थिए । त्यसपछि लगत्तै उनलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो ।

स्थानीय र प्रहरीले खोजी कार्य गर्दा बिष्टको हत्या गरी काँच बेरेर फालेको अवस्थामा शव फेला परेको हो । बिष्टको मोबाइल प्रहरी नियन्त्रणमा रहेकी महिलासँग फेला परेको थियो । बिष्ट ट्रक चालक हुन् भने नियन्त्रणमा रहेकी महिला शिक्षिका हुन् । 

वीरभानका आफन्तले भने हत्यामा अरु व्यक्तिहरूको पनि संलग्नता रहेको भन्दै उनीहरुको खोजीको माग गरेका छन् ।  घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.