मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको निधन

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको निधन

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष ५६ वर्षीय जयप्रकाश गच्छदार थारुको निधन भएको छ। ग्रामथान–४ घर भएका उनको सोमबार दिउँसो १ बजेतिर निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए। 

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनी २०८० माघ १० गते साँझ बेहोस भएर ढलेका थिए। अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगियो। अचेत अवस्थामै लामो समयसम्म नोबेलमा उपचाररत थारुलाई जेठ १ गते घर लगिएको थियो। उनको निधन घरमै भएको हो। 

उपचारमा संलग्न चिकित्सकले थारुलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। अध्यक्ष बिरामी परेपछि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छन्। थारुको मंगलबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.