उपचारका लागि सहयोग गरिदिन आग्रह

उपचारका लागि सहयोग गरिदिन आग्रह

परासी : नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-२ बस्ने मोहन हरिजनको परिवारले उपचार खर्चका लागि सहयोगको याचना गरेको छ। 

विगत लामो समयदेखि बिरामी भई उपचार गराउँदा गराउँदै आर्थिक रकम अभाव भएकाले परिवारजनले सहयोगको आग्रह गरेको हो। पाल्हिनन्दन घर भई हाल रामग्राम नगरपालिका–१ गंगापथमा बसेर मजदुरी गर्दै आएका मनोजको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। सुगर र प्रेसरका कारण आँखाको ज्योति आंशिक गुमाएका मनोजलाई अहिले टाउकोमा समस्या देखिएको मनोजकी श्रीमती लक्ष्मी हरिजनले बताइन्। 

टाउकोमा रगत जमेको र अप्रेसन गराउन काठमाडौं लैजान चिकित्सकहरूले सुझाव दिएका छन्। घरको अवस्था नाजुक भएको र रकम अभावका कारण काठमाडौं लैजान नसकिएको भन्दै लक्ष्मीले आफ्ना श्रीमानको ज्यान बचाउनका लागि आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरेकी हुन्। उपचारका लागि अहिलेसम्म २ लाखभन्दा बढी खर्च भएको लक्ष्मीले बताइन्। 

‘आँखाको बिरामी भई अप्रेसन गराउँदा विभिन्न संघ संस्थाहरू र सहयोगीहरुको रकम सहयोग गर्नुभएको थियो। अहिले फेरि टाउकोमा समस्या देखिएको छ। पैसा छैन, आर्थिक सहयोग गरेर अप्रेसन गराउन सके श्रीमानलाई बचाउन सक्थें’, लक्ष्मीले दुखेसो पोखिन्। लक्ष्मीका ८ वर्षीया छोरी र ७ वर्षीय छोरा छन्। 

श्रीमान बिरामी हुँदा छोरा छोरीको पठन पाठनमा समेत समस्या भएको लक्ष्मीले दुखेसो गरिन्। आर्थिक सहयोग गर्न चाहाने सहयोगीदाताहरुलाई लक्ष्मी हरिजनको नाउँमा नेपाल राष्ट्र बैंक पाल्हिनन्दन शाखामा रहेको बचत खाता नम्बर २४८०११०७६६०८५१०००००१ मा रकम जम्मा गर्न परिवारजनले आग्रह गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.