ग्रामीण स्वयंसेविका प्रोत्साहन कार्यक्रम

ग्रामीण स्वयंसेविका प्रोत्साहन कार्यक्रम

नुवाकोट : नुवाकोटको शिवपुरीमा महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। कार्य क्षमतामा सुधार तथा आत्मबल बढाउने उद्देश्यले शिवपुरीले पहिलो पटक सो कार्यक्रम सञ्चालन गरेको छ। 

शिवपुरी गाउँपालिकाले कार्यक्रमका बीच लामो अवधि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका निभाएकाहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको हो। राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा लामो समय सेवा गरेका १३ जनालाई विशेष सम्मान र नगद पुरस्कार प्रदान गरिएको हो। 

६० वर्ष उमेर पार गरेका महिला स्वास्थ्य स्वयंसेविकाकालाई गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलिया, उपाध्यक्ष वीरबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत वसन्त कार्की लगायतले नगद पुरस्कारका साथै कदरपत्र प्रदान गरेर सम्मान गरेका हुन्। १३ जना महिला स्वास्थ्य स्वयंसेविकाकालाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो। 

सम्मान तथा पुरस्कृत हुनेमा २०४५ सालदेखि सेवा प्रदान गरेका महिला स्वास्थ्य स्वसेविकाका समेत रहेका छन्। शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले ग्रामीण समुदायमा स्वास्थ्य सेवाको विस्तार पहुँचमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको र यस पटकदेखि विशेष रुपमा सम्मान गर्न सुरु गरिएको बताए। 

उपाध्यक्ष वीरवहादुर लामाले गाउँमा स्वास्थ्य सचेतनामा महिला स्वास्थ्य स्वयंसेविकाले गरेको सेवा निःस्वार्थ र अतुलनीय रहेको बताए। अधिकृत वसन्त कार्कीले स्थानीय तहको सरकारले आफ्नो कार्य क्षेत्र र नियमावली भित्र रहेर महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा पुरस्कृत गर्न सुरु गरेको बताए। 

शिवपुरीका आठवटा वडामा गरी एकसय नौ जना महिला स्वास्थ्य स्वयंसेविका सेवारत छन्। उनीहरूलाई सरकारले सुविधावापत वार्षिक रुपमा एकमुष्ठ १० हजार पोशाक भत्ता र १२ हजार रुपैयाँ यातायात खर्च दिने गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.