गलत सूचना प्रवाह गरेकोप्रति यशोदा फुड्सको आपत्ति

गलत सूचना प्रवाह गरेकोप्रति यशोदा फुड्सको आपत्ति

काठमाडौं : करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले आफ्नो ब्राण्डविरुद्ध गलत सूचना प्रवाह गरेको भन्दै आपत्ति जनाएको छ। 

कम्पनीले विज्ञप्ति जारी गरेर आफूले उत्पादन गर्दै आएको चाउचाउ, चिजबल लगायत खाद्य सामग्रीको दुष्प्रचार गरिएको प्रति आपत्ति जनाएको हो। कम्पनीले साइबर कानुन बमोजिम कारबाही गराउन पहल थालेको जनाएको छ।

हालैका दिनमा केही व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गरी कपोलकल्पित समाचार बनाएको पाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको क्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।  जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा प्रमाणबिना भ्रामक प्रचार गर्नेहरुप्रति उद्योग सजग छ। निहित स्वार्थ पूरा गर्न अनावश्यक दुःख दिने नियतले केही तत्वहरुले स्वार्थी तत्वहरुलाई प्रयोग गरी कपोलकल्पित प्रचार गर्नेमाथि प्रचलित कानुन बमोजिम कारबाहीका लागि उद्योगले आवश्यक पहल कदमी लिइ सकेको छ। यस्ता मनगढन्ते, कपोलकल्पित र काल्पनिक कुराको पछाडि नलागि यस उद्योगका उत्पादनहरुको उत्पादन मिति जाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन अपिल गर्दछौं।’

कम्पनीले स्वदेशमा उत्पादित अकबरे खुर्सानी, गुन्द्रुक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायत वस्तु प्रयोग गरी चाउचाउ र विभिन्न स्न्याक्स उत्पादन गर्दै आएको छ। कम्पनीले आफ्ना उत्पादन देशभित्र मात्र बिक्री नगरी भारत, चीन, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरिका, अस्ट्रेलिया लगायत देशमा निर्यात गर्दै आएको छ । उसले चालु आर्थिक वर्ष ६० करोड रुपैयाँभन्दा बढीका उत्पादन निर्यात गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.