सुर्खेतमा इनार खन्ने क्रममा निस्सासिएर २ जनाको मृत्यु
वीरेन्द्रनगर :सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका-११ का तोर्ण विकको घरको इनार सफा गर्ने क्रमममा निसास्सिएर उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा दैलेखको चामुण्डा घर भई हाल पिपिरा बस्ने ३२ वर्षीय विद्युप्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीय लक्ष्मीप्रसाद कँडेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी वीरेन्द्र विश्वकर्माका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका उनीहरुलाई प्रदेश अस्पताल कालागाउँ पुर्याएपछि दुवै जनाको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस !
१