बैतडी घटना : मध्यरातमा भागरथीले यसरी गरेकी थिइन् वीरभानको हत्या

बैतडी घटना : मध्यरातमा भागरथीले यसरी गरेकी थिइन् वीरभानको हत्या

धनगढी/बैतडी : तीन दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका-६ का वीरभान सिंह विष्टको हत्या भएको खुलेको छ। उनको हत्यामा ४ जना संलग्न भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपक गिरिले वीरभानको हत्यामा सोही ठाउँकी शिक्षिका भागरथी विष्ट र अन्य तीन जना युवाहरूको संलग्नता रहेको बताएका छन्। प्रहरीले हत्याको आरोपमा शिक्षिका भागरथी विष्ट र सोही ठाउँका २० वर्षका किशोर भट्टराई र १९ वर्षका राजेन्द्र भट्टराईलाई पक्राउ गरेको जनाएको छ।

५१ वर्षीय वीरभान विष्ट असार १ गतेदेखि बेपत्ता थिए। उनका आफन्तले सोमबारमात्रै प्रहरीमा उनी बेपत्ता भएको खबर गरेका थिए। आफन्तको उजुरीका आधारमा पक्राउ परेकी शिक्षिका भागरथीले दिएको प्रारम्भिक बयानका आधारमा प्रहरीले वीरभानको शव पनि फेला पारेको छ। हत्यामा संलग्न तीन जनामध्ये २ जना युवकहरू पक्राउ परेका छन्। 

विष्टको शव पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो सवा दुई बजे फेला परेको थियो। स्थानीय र प्रहरीले खोजी कार्य गर्दा विष्टको हत्या गरी काँच बेरेर फालेको अवस्थामा शव फेला परेको थियो। विष्टको मोबाइल भागरथीसँग फेला परेपछि उनकै बयानका आधारमा हत्यामा संलग्नको पहिचान गरिएको प्रहरीले जनाएको छ। हत्या गरिएका विष्ट ट्रक चालक हुन् भने उनी शिक्षिका भागरथीका ससुरा नाता पर्छन्।

यसरी भएको थियो वीरभानको हत्या
बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ की भागरथी विष्ट र वीरभान विष्टबीच अनैतिक सम्बन्ध थियो। नाताले उनीहरू नजिकका ससुरा-बुहारी हुन्। नातामा वीरभान भागरथीका कान्छा ससुरा पर्छन्। 

भागरथीका श्रीमानको १० वर्षअघि नै मृत्यु भइसकेको थियो। उनी एकल भएपछि शिक्षण पेशा अंगालिन्। त्यसपछि उनको वीरभानसँग सम्बन्ध गाँसिएको थियो। भागरथीका एक जना अपांग र अर्का एक छोरा छन् भने वीरभान पनि विवाहित ब्यक्ति हुन्। 

असारको १ गते राति मदिरा सेवन गरेको अवस्थामा वीरभान भागरथीको घरमा पुगेका थिए। भागरथीको घरमा पाटन नगरपालिकाकै तीन जना युवाहरू पनि रहेका थिए। भागरथीसँग युवाहरू देखेपछि रिसाएका वीरभान र उनको विवाद भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार वीरभानले भागरथीलाई नानाथरी कुरा गर्छन्। त्यसपछि भागरथीले चिरपटले उनको टाउकोमा हान्छिन्। 

प्रहरी नायब उपरीक्षक दिपक गिरी भन्छन, ‘प्रारम्भिक बयानका आधारमा त्यहाँ रहेका युवाहरूले पनि वीरभानमाथि कुटपिट गर्छन्। वीरभानको भागरथीकै घरमा मृत्यु हुन्छ। ती युवाहरू त्यहाँबाट राति नै भाग्छन्। तर, भागरथीले मृत्यु भइसकेका वीरभानको शव आफ्नै घरमा लुकाउँछिन्।’

त्यसपछि शव ब्यवस्थापनको योजना बन्छ। भागरथीको घर पाटन नगरपालिकामा पर्ने पाटन-पञ्चेश्वर सडकभन्दा माथि अथवा पाटनको खतबारीको फाँटको माथि छ। शनिबार राति मारिएका वीरभानको शव आइतबार दिनभरि भागरथीकै घरभित्र रहन्छ। 

ती युवाहरूलाई भागरथीले शव ब्यवस्थापनका लागि बोलाउँछिन्। आइतबारको राति तीन जना युवाहरू राजेन्द्र भट्टराई, किशोर भट्टराई र एकजना फरार रहेका युवा आउँछन्। उनीहरूले वीरभानको शव पाटनको खेत (सेरो), जहाँ रोपाई गरिएको थियो। प्लाष्टिकमा बेरेर पाटन-पञ्चेश्वर सडकसम्म पुर्‍याउँछन्। 

भागरथीको घरदेखि खेतैखेत शव तानेको निसानहरू पनि प्रहरीले संकलन गरिसकेको छ। सडकमा ती युवकहरूले ल्याएको से७प ४४०९ नम्बरको मोटरसाइकल तयारी अवस्थामा हुन्छ। एक जनाले मोटरसाइकल चलाउँछन भने अर्कोले बीचमा शव राखेर बोक्ने काम गर्छन्। घिसारेर सडकमा पुर्‍याइएको स्थानबाट वीरभानको शव झण्डै ५ किलोमिटर पञ्चेश्वतर्फ लगेर घाङल भीरमा फालिन्छ। 

डिएसपी गिरी भन्छन, ‘तीमध्येकाका २ जना युवाहरू किशोर र राजेन्द्र शव फालिसकेपछि बसमा तराईतिर हिँड्छन। तर, उनीहरूलाई भागरथी पक्राउ परिसकेको र उनीहरूको नाम प्रहरीले थाहा पाइसकेको जानकारी हुन्छ। उनीहरू बसबाट झरेर जीपमा बस्नछन्। प्रहरी उनीहरूलाई डडेल्धुराको साहुखर्कबाट पक्राउ गरेको छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.