मोरङमा चट्याङले किशोरीको मृत्यु, घरमा आगलागी

मोरङमा चट्याङले किशोरीको मृत्यु, घरमा आगलागी
फाइल तस्बिर।

विराटनगर : मोरङको रतुवामाई नगरपालिका-४ झुर्कियामा चट्याङले लागेर मंगलबार बिहान एकजना किशोरीको मृत्यु भएको छ।  

अविरल वर्षासँगै परेको चट्याङले १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार घरमै बसिरहेका बेला बिहान ७:३० बजेतिर चट्याङले लागेर विपना गम्भीर घाइते भएकी थिइन्।

चट्याङले लागेर बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ ८:३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ। 

त्यस्तै, धनपालथान गाउँपालिका -७ कदमाहस्थित एउटा घरमा चट्याङ परेर आगलागी भएको छ। रामा केवरतको घरमा बिहान ४:३० बजेतिर आगलागी भएको डीएसपी बस्नेतले बताए। 

उनका अनुसार चट्याङ पर्नासाथ सुरु भएको आगोले बाँसको टाटीले बारेको र टिनको छानो भएको १ तले घर पूर्णरूपमा जलेको छ। घरभित्र रहेका सामान पनि जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ। 

स्थानीयको सहयोगमा प्रहरीले एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो। घटनामा मानवीय र चौपाया क्षति भने नभएको जानकारी प्रहरीले दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.