पाँच दिनदेखि मनिकापुरका खुशीराम बेपत्ता

पाँच दिनदेखि मनिकापुरका खुशीराम बेपत्ता
बेपत्ता चौधरीको खोजी गर्दै स्थानीयहरु । तस्बिर : परमानन्द पाण्डे

टीकापुर : कैलालीको टीकापुर नगरपालिका-५ मनिकापुरका झण्डै ५५ वर्षीय खुशीराम चौधरी पाँच दिनदेखि बेपत्ता भएका छन्। स्थानीय अनन्त खड्काले दिएको जानकारी अनुसार चौधरी जेठ ३२ गते दिउँसोबाट बेपत्ता भएका हुन्। 

दिउँसो मदिरा सेवन गरेका चौधरी स्थानीय रानी कुलोमा पसेका थिए। सो यता उनको अवस्था अज्ञात छ। स्थानीयले साँझ घर नपुगेपछि उनको खोजी गरेका थिए।

प्रहरी र स्थानीयको सक्रियतामा रानी कुलामा खोजी कार्य जारी राख्दा समेत चौधरीको अवस्था पत्ता लाग्न नसकेको खड्काले बताए। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले स्थानीयले जेठ ३२ गते राति मात्रै प्रहरीलाई खबर गरेकाले असार १ गतेदेखि नै खोजतलास जारी राखेको बताए।   

राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजना अन्तर्गत रहेको रानी कुलामा वर्षायाममा रोपाईका लागि पर्याप्त पानी रहेकाले समेत खोजतलासमा समस्या परेकाले नहर नै बन्द गरेर आज समेत बिहानैदेखि खोजी कार्य जारी राखेको डीएसपी अधिकारीले बताए।  

स्थानीयबासीले उनको हत्या भएको हुनसक्ने आशंका गरेका छन्। नदीमा डुब्ने अवस्थामा रहेका उनीबारे उनको परिवारलाई राति मात्रै खबर गरिएको थियो। मदिरा सेवन गरेर कुलामा पसेका खुशीराम सोही समयदेखि बेपत्ता छन्। खुशीरामका दुई छोरा र एक छोरी कामको खोजीमा भारतमा छन भने घरमा उनको श्रीमती छन्।

पाँच दिनदेखि बेपत्ता भएका खुशीरामको खोजी गर्न स्थानीयबासी, प्रहरी बिहानैदेखि घटनास्थलमा खटिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.