चिनियाँ सरकारको एक उच्चस्तरीय टोली काठमाडौंमा

चिनियाँ सरकारको एक उच्चस्तरीय टोली काठमाडौंमा

काठमाडौं : चीन सरकारको एक उच्चस्तरीय टोली आज नेपाल आइपुगेको छ। गृह मन्त्रालयको निमन्त्रणामा सिचुवान प्रान्तको उपप्रमुख एवं  पब्लिक सेक्युरिटिज  विभागका प्रमुख ये हानपिन नेतृत्वमा ५ सदस्यीय टोली आज बिहान सिचुवान एयरबाट काठमाडौं आएको हो। 

परराष्ट्र मन्त्रालयका अनुसार हानपिन नेतृत्वको टोलीले परराष्ट्र मन्त्री,गृहमन्त्री, गृहसचिव लगायत उच्च अधिकारीहरुसँग भेट गर्नेछ। गृह मन्त्रालयमा आपसी हित र सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल हुने गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भ्रमण टोलीमा तङ हुवा, जङ सिआओछिन, चुङ ख, थाङ जिआसिन रहेका छन्।

पछिल्लो समय चीनबाट हुने उच्चस्तरीय भ्रमणहरु बाक्लिएका छन्। हानपिन नेतृत्वको टोली फर्किए लगत्तै उपविदेश मन्त्रीको टोली नेपाल आउँदैछ।

नेपाल चीन कुटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन उपविदेश मन्त्री सन वेईतोङ नेतृत्वको टोली आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले उक्त भ्रमणको आवश्यक तयारी गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.