उद्योग नविकरणको माग गर्दै क्रसर व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन
![उद्योग नविकरणको माग गर्दै क्रसर व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन](https://annapurnapost.prixacdn.net/media/albums/annna.00_05_40_06.Still1106_XnfnNNiIuY_YO3JJ6xnC0.jpg)
काठमाडौं : क्रसर उद्योग नविकरणको माग राख्दै क्रसर व्यवसायीहरूले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् । क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नविकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले दुरीसम्बन्धी मापदण्ड २०७७ अव्यवहारिक भएकाले खारेज गर्नुपर्ने र २०७९ माघ ११ गते मन्त्रिपरिषद्को ढुङ्गा गिट्टीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।
व्यवसायीहरूले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नविकरण गरेर सञ्चालन गर्न दिनुपर्ने उनीहरको माग छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)