रुसका राष्ट्रपति पुटिन २४ वर्षपछि उत्तर कोरियाली भ्रमणमा

रुसका राष्ट्रपति पुटिन २४ वर्षपछि उत्तर कोरियाली भ्रमणमा

काठमाडौं : रुसका राष्ट्रपति भ्लादीमीर पुटिन दुई दसकपछि उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्। उनी २४ वर्षपछि मंगलबार उत्तर कोरियाको दुई दिने भ्रमणमा जान लागेका हुन्। 

यसअघि पुटिनले सन् २००४ मा उत्तर कोरियाको भ्रमण गरेका थिए। त्यतिबेला उत्तर कोरियाली नेता किम जोन इल थिए। किम जोन इल किम जोन उनका बुबा थिए।

युक्रेनमाथि आक्रमण गरेयता पुटिन वैदेशिक भ्रमणमा गएका थिएनन्। त्यसयता उनले पहिलोपटक आफ्ना मित्र किम जोन उनलाई भेट्न उत्तर कोरिया जान लागेका हुन्। उनीहरूबीच आणविक हतियारका विषयमा महत्वपूर्ण सम्झौता हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

पुटिनको यो भ्रमणलाई अन्तर्राष्ट्रिय निकायहरूले चासोका साथ हेरिरहेका छन्। अमेरिका र दक्षिण कोरियाले त पुटिन र किम जोन उनबीच सैन्य सहकार्यका विषयमा समझदारी हुनसक्ने अनुमान गरेका छन्। दक्षिण कोरियाले त पुटिनलाई निश्चित सीमा पार नगर्न चेतावनी दिइसकेको छ। 

यसका अलवा रुसमा थप उत्तर कोरियाली कामदारहरू लैजाने विषयमा पनि पुटिन किम जोन उनबीच छलफल हुने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.