सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति साढे १२ प्रतिशत

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति साढे १२ प्रतिशत

बुटवल : रुपन्देहीको बुटवल र पाल्पाको सीमामा निर्माणाधीन अवस्थामा रहेको सिद्धबाबा सुरुङ मार्गको हालसम्मको भौतिक प्रगति १२ दशमलव ६३ प्रतिशत पुगेको छ। निर्माण थालिएको २८ महिनामा उक्त प्रगति देखिएको हो। सुरुङमार्गको २०७८ फागुनमा सम्झौता भएर काम थालिएको थियो। 

सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलका इन्जिनियर सविता ज्ञवालीका अनुसार परियोजनाको हालसम्म पेस्की रकमसहित आर्थिक प्रगति १७ दशमलव ५ प्रतिशत पुगेको छ। ‘अहिले विष्फोट गराएर काम भइरहेको छ’, ज्ञवालीले भनिन्,‘रातिमा विष्फोटको काम हुँदैन। यही रफ्तारमा काम भयो भने अबको पाँच महिनामा सुरुङ मार्ग छिचोलिन्छ।’

एक हजार एक सय २६ मिटर लम्बाइको उक्त सुरुङमार्ग निर्माणको ठेक्का ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ले लिएको छ। योजनाको कुल लागत ७ अर्ब ३४ करोड रुपैयाँ छ। पाँच वर्षभित्र निर्माण पूरा गरेर सञ्चालन गर्ने सम्झौता रहेको इन्जिनियर ज्ञवालीले जानकारी दिइन्। 

सुरुङमार्गका साइट इन्जिनियर श्रृजेश पौडेलका अनुसार सुरुमार्ग क्षेत्र बाहेक माथिल्लो र तल्लो सिद्धबाबा क्षेत्रको बुटवलतर्फ ९ सय ४ र पाल्पातर्फ १ हजार ४ सय ९४ मिटर सडकको समेत स्तरोन्नतीको काम समेत भइरहेको छ। निर्माण स्थलमा सयौँको संख्यामा मजदुरहरुले चौबिसैँ घण्टा काम गरिरहेका छन्।

लुम्बिनी प्रदेशका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, केही भाग प्युठान सहित गण्डकी प्रदेशका स्याङ्जा, बाग्लुङ, कास्की, पर्वत र म्याग्दीका नागरिकहरूको व्यापार व्यवसाय गर्ने थलो बुटवल हो। 

भैरहवास्थित भारतीय सिमानाका नजिक भएकाले पनि यस क्षेत्र अन्य जिल्लाका नागरिकहरुको व्यापारिक थलो समेत हो। यस सडक भएर दैनिक दुई हजार बढी सवारी साधनहरु ओहोरदोहोर गर्ने ट्राफिक प्रहरीको तथ्यांक छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.